प्रतिवेदन र कानून नआए चैतमा स्थानीय चुनाव हुँदैन : यादव

प्रकाशित समय 6:36:00 PM
सुनसरी, १० कार्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले कार्तिकभित्र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र निर्वाचन कानून नआए चैतभित्र स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताएको छ । इटहरीमा बुधबार भएको पत्रकार सम्मेलनमा उनले निर्वाचन गराउन एक सय २० दिन आवश्यक पर्ने भएकाले कानून र प्रतिबेदनको अभावमा यही अवस्थामा चैतभित्रमा निर्वाचन गराउन समस्या हुने बताए । संसदको अधिवेशन दुई साताका लागि स्थगित भएको अवस्थामा कार्तिकभित्र निर्वाचन कानून पारित हुन समस्या हुने उनको तर्क छ ।
निर्वाचन आयोगले चैत्र भित्रमै स्थानीय निकायको निर्वाचन गराउनका लागि आन्तरिक तयारी गरिरहेको भएपनि निर्वाचन कानून अहिले पनि संसदमा नपुगेकामा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘हामीले कानूनको ड्राफ्ट बनाएर पठाएका छौं । कहिले पास हुने र कसरी पास हुने भन्ने उहाँहरुको कुरा हो ।’ निर्वाचन आयोगसँग निर्वाचन गराउन जनशक्ति तयार रहेको बताँउदै पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले खर्च र श्रोत साधनको आँकलन गरिरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »