दुर्घटनामा एकको मृत्यु

प्रकाशित समय 6:35:00 PM
गोलबजार, १०  कात्तिक । सिरहाको कर्जन्हा–८ मा मंगलबार ना १ ज ५०१० नम्बरको हाइलेक्स गाडीले स ७ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन् । साँझ ६ बजे तिर उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिँदा सिरहा कल्याणपुर कालाबञ्जर–५ का १८ बर्षीय शेखर कुमार शर्माको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका २१ बर्षीय मुकेश कुमार शर्मा गम्भिर घाईते भएका छन् । घाइते शर्माको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ भने गाडिका चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »