एमपीएलमा प्रहरी हस्तक्षेप, जनकपुरधाममा रोक

प्रकाशित समय 7:16:00 PM
काठमाडौं १ कार्तिक । मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको दोस्रो सिजनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज मंगलबारबाट सुरु हुने एमपीएलको सम्पूर्ण तयारी पुरा भएपनि सशस्त्र प्रहरी बलले रोक लगाएको छ ।
एमपीएल दोस्रो सिजनको उद्घाटन खेल जनकपुरधामस्थित जनकपुर चुरोट कारखानाको खेल मैदानमा निर्धारण गरिएको छ । धनुषा प्रमुख जिल्ला अधिकारीसहित सम्बन्धीत सम्पूर्ण निकायले स्वीकृति दिएपछि उक्त मैदानको पिच तयार गरिएको छ ।
तर आइतबार दिउँसो सशस्त्र प्रहरी बलले खेल मैदानमा गएर काम रोक्न लगाएको छ । सशस्त्र प्रहरीले माथिको आदेश भनेर एमपीएलमा रोक लगाएको हो ।
एमपीएलका आयोजक संस्था मधेशी इन्जिनियरिङ्क स्टुडेन्टस् युनियनका अध्यक्ष संजिव यादवले भने सशस्त्र प्रहरीले अनावश्यक रुपमा एमपीएल रोक्न खोजेको आरोप लगाए । यादवले भने, ‘सम्पूर्ण निकायले स्वीकृति दिएपछि हामीले तयारी गरेका छौं तर खेल सुरु हुनुभन्दा एक दिन पहिले प्रहरीले रोक लगाउनु गलत हो । म सम्पूर्ण पक्षलाई सहयोग गर्न आग्रह गर्दछु ।’
मधेशका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकासका लागि मधेशी विद्यार्थी तथा विभिन्न संघसंस्थाको प्रयासमा एमपीएल सुरु गरिएको हो । एमपीएलमा मधेशका विभिन्न जिल्लाबाट १६ वटा क्रिकेट टीम सहभागी हुने सुनिश्चित भइसकेको छ भने खेल सीट पनि प्रकाशति गरिएको छ । एमपीएल कार्तिक २ गते देखि ११ गतेसम्म हुनेछ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »