राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच नाता जोडिँदै

प्रकाशित समय 9:46:00 PM
काठमाण्डौ, ३० असोज । गणतन्त्र नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बीच औपचारिक रुपमा कुटुम्बको नयाँ नाता जोडिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेष यादवबीच वैवाहिक सम्बन्ध हुने निश्चित भएको हो । शीतलनिवासमा आइतबार एक समारोहका बीच टीकाटालो भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएको छ । मधेसको हावापानीमा हुर्किएका अभिशेष र पहाडी संस्कारकी छोरी निशाकुशुम बीच वैवाहिक सम्बन्धको विषयमा पक्कापक्की भएको छ ।
निशा र अभिशेषबीच काठमाबुढानीलकण्ठ स्कूलमा अध्ययनरत रहँदादेखि नै प्रेम सम्वन्ध रहेको जनाईएको छ । विवाहका लागि उनीहरु तम्तयार भएपछि परिवारजनले समेत औपचारिक रुपमा सहमती दिएको छ । अभिशेषकी आमा किरण यादव महोत्तरी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी निर्वाचित सांसद हुन् । किरण डा. रामवरण यादवकी भतिजी हुन् ।
टीकाटालोका अवसरमा अभिशेषले निशाकुसुमलाई सुनको औंठी लगाइदिएका छन् भने निशाले समेत अभिशेषलाई औंठी लगाईदिएकी छिन् । निशा र अभिशेष र निशाको विहे माघ महिनामा हुने जनाईएको छ । एमालेका जननेता मदन भण्डारीकी कान्छी छोरी निशा चिकित्सक हुन् भने पूर्वराष्ट्रपतिका नाति अभिशेष इन्जिनियर हुन् ।
इंगेजमेन्ट समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्यका साथै दुई परिवारका नजिकका नातेदारमात्रै सहभागी थिए । अभिशेषका आमाबाबु बाहेक काका चन्द्रमोहन यादव सहभागी थिए । पूर्वराष्ट्रपति डा. यादव उपचारका क्रममा अमेरिकामा रहेकोले उनको सहभागिता रहेन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »