श्रीमती बनाउन छोराले प्रेम गरे, बुहारी भित्र्याउन बावुले दाइजो लिए

प्रकाशित समय 8:37:00 PM
राजकरण महतो 
महोत्तरी, २ कार्तिक । केटी
पक्षले झन्डै २ लाख दाइजो दिने सहमति भएपछि महोत्तरीको भरतपुरका एक अभिभावकले छोराले मनपराएरको युवती घरमा भित्र्याउन दिएका छन् ।
पाँच लाख नगद र एउटा मोटरसाइकल मागेकोमा स्थानीय पञ्चहरुले केटा र केटी पक्षको विवाद मिलाएर विवाह गराउन दाइजो रकम तय गरिदिएपछि गत असोज २७ गते मन्दिरमा विवाह भएको हो । भरतपुर ९ पडोरियाका १६ बर्षीया कृष्ण महतोले सोही ठाउँकी एक युवतिलाई श्रीमती बनाउन केही महिलाअघि ती युवतीसँग प्रेमसम्बन्ध राखेका थिए । तर उनका बुवा शत्रुधन महतोले खुलेआम समाजका सामुन्ने दाइजोमा पाँच लाख र एउटा मोटरसाइकल माग गरेको गाउँलेहरुले बताएका छन् ।
‘केटा र केटीको प्रेम थियो । उनीहरु विवाह गर्न राजी थिए । केटाको तुलनामा केटीको अनुहार अलि मिलिरहेको थिएन । त्यसपछि केटाको बुवाले केटी पक्षसंग भने जती दाइजो नदिए विवाह नहुने अडानमा लियो । एक गाउँलले भने ।
शत्रुधनले मागे जति दाइजो दिन केटी पक्ष सक्षम भएन । केटीका बुवाले गाउँकै कान्तिबजार प्रहरी चौकीमा दाइजोको बिषयमा गत असोज २७ गते ठाडो उजुरी दिए । दुई पक्षलाई प्रहरीले राखेर छलफल गराएर केटा–केटीलाई जिम्मा लगाइयो । केटाका बुवा शत्रुधनले गाउँका पञ्चहरुले जबर्जस्ती छोराको विवाह गराएको आरोप लगाएका छन् ।
यतिसम्म की केटी पक्षले प्रहरीमा दिएको ठाडो उजुरीका अनुसार विवाह गर्छु भनी प्रलोभन देखाएर केटाले केटीसंग रात विताई सकेको छ । अब दाइजो नदिएर केटाको वुवाले छोराको विवाह नगर्ने भनेर युवतिको कुमारीत्वसंग खेलवाड गरेकोले कारवाही गरि पाउँ भनी उजुरी परेको थियो ।
सविताका वुवा रामजीवन महतोसँग केटी पक्षले मागेको दाइजो थिएन । पञ्चहरुले उखु सिजनमा उखु काटेर केटा पक्षलाई दाइजो रकम दिने निर्णय भएको केटाका वुवा शत्रुधनले घर पुगेका संचारकर्मीहरुसंग भनेका छन् ।
दाइजोको रकमपछि दिने भनेर कागज समेत बनाइएको श्रोतको दावी छ । केही महिना पहिले महोत्तरीको टुटेश्वर मेलामा केटा र केटीको भेटघाट भएको थियो । त्यस यताका दिनहरुमा उनीहरुको निरन्तर बोलचाल पछि उनीहरु प्रेम जोडि बनेका थिए ।
यता नेपाल कुशवाहा कल्याण समाजका महोत्तरी अध्यक्ष दिनेश महतोले दाइजो लिएर वेहुली भित्र्याएको घटना प्रति ध्यानाकर्षण भएको बताएका छन् । पत्रकारहरुसंग कुराकानी गर्दै समाजले घटना बारे छिट्टै समाजिक रुपमा बुझेर आवश्यक कदम चाल्ने बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »