पक्राउ पर्नेमा मोरङ बनिगामा ९ बस्ने ३५ बर्षीय बद्री नारायण चौधरी रहेका छन् । उनलाई एक हजार प्याकेट पटाका सहित इटहरी प्रहरीले पक्राउ गरेको हो । चौधरीले सिमावर्ती क्षेत्रबाट पटाका ल्याएर इटहरी र धरानका बिभिन्न पसलमा बिक्री बितरण गर्ने गरेको बताइएको छ । उनलाई पटाका मास्टरको रुपमा समेत चिनिदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
चौधरीको साथमा मल्टाबारा पटाका बरामद भएको छ । चौधरीले एक प्याकेट पटाकाको १५० रुपैयाँमा बेच्ने गरेको बताइएको छ । सबै पटाकाको मूल्य करिब डेढ लाख पर्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि पटाका सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै इटहरीका डिएसपी नरेशराज सुवेदीले तिहारमा पटाकार आतिसवाजी जस्ता कुरामा प्रहरीले कडाई गर्न थालेपछि यति ठूलो परिमाणमा पटका बरामद भएको बताए ।
