मूर्ति सेलाउँदा बालकको नहरमा डुवेर ज्यान गयो

प्रकाशित समय 10:57:00 AM
बारा, २९ असोज । मूर्ती सेलाउन गएको बेला गन्डक नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । दुर्गा माताको मूर्ती सेलाउन गएका फेटा गाबिस ३ निवासी रंजन साहको छोरा ६ बर्षिय सागर साहको शुक्रबार बेलुका सो नहरमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवतmा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
मूर्ति सेलाउन गाउलेहरुसँग शुक्रबार फेटा स्थित रहेको गन्डक नहरमा ट्याक्टरमा चढेर गएको बेला डुवेर अचेत भए पछि उपचारको क्रममा बिरगंज स्थित रहेको नेशनल मेडिकल कालेजमा मृत्यु भएको रेग्मीले बताए ।
घटनाको बारेमा थप अनुसंन्धान भई रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार उप्रेर्तीले जानकारी दिए । गत वर्ष पनि मूर्ति सेलाउने क्रममा नै एक जनाको मृत्यु भएको थियो

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »