समाचार प्रभावः यातना दिनेमाथि छानविन सुरु

प्रकाशित समय 5:38:00 PM
गोलबजार, ११ कार्तिक । सिरहाको लहान नगरपालिका २ स्थित गोल्डेन फ्युुुचर एजुुकेशलन एकेडेमीमा बुधवार विद्यार्थीहरुलाई यातना दिएको घटनाको जिल्ला शिक्षा कार्यालय सिरहाले अनुसन्धान थालेको छ । बालबालिकालाई चर्को घाममा कुुखुरा बनाएर यातना दिइँदै गरेको फोटोसहितको क्याम्पस कार्तिक १० गते यस पत्रिकाले प्रकाशित गरेपछि जिल्ला शिक्षा कार्यालय सिरहाले बिहीबारबाट अनुसन्धान थालेको जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले बताए । उनले भने ‘बालबालिकालाई घाममा राखेर कुुखुरा बनाइएको फोटो सार्वजनिक भएको छ । यस घटनाप्रति शिक्षा कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ । बालबालिकालाई यातना दिने शिक्षिका र विद्यालयलाई कारवाहीको दायरामा ल्याउछौँ ।’
उनले घटना अनुसन्धानका लागि जिल्ला शिक्षा कार्यालय सिरहाका विद्यालय निरीक्षक भवानी कट्टेललाई खटाइएको बताए । यसैबीच, उक्त घटनाबारे जिल्लास्थित मानव अधिकारकर्मीहरुले समेत स्थलगत जानकारी लिएका छन् । मानवअधिकारको क्षेत्रमा काम गर्ने इन्सेक र इहि«कनले विद्यालयमा पुुगि यातनाको घटनाबारे स्थलगत जानकारी लिएका छन् ।
इन्सेक प्रतिनिधि दुुर्गा परियारले शिक्षिकाले विद्यार्थीहरुलाई दिएको गृहकार्य गरेर नआएको भन्दै चार जना विद्यार्थीलाई घाममा कुुखुरा बनाइएको विद्यार्थीहरु र शिक्षिकाले स्विकार गरेको बताए । गोल्डेन फ्युचर एजुकेशलन एकेडेमीमा कार्यरत शिक्षिका निशा चौधरीले कक्षा १ मा अध्ययनरत लहान नगरपालिका २ बस्ने बर्ष ७ की राधिका कुमारी यादव, वर्ष १० की निकिता कुमारी चौधरी, बर्ष १० का सशुुधन ठाकुुर र लहान नगरपालिका २० बस्ने बर्ष ९ का अमित कुमार महतोले गृहकार्य गरी नआएको भन्दै बुधवार चर्को घाममा कुुखुुरा बनाई यातना दिएकी थिइन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »