सुनसरी खोलाको पुल समयमा नबन्दा स्थानीय मर्कामा

प्रकाशित समय 5:45:00 PM
जयकृष्ण यादव, 
इनरुवा, ११ कार्तिक । सुनसरीको नरसिंह र रामनगर भुटाहा गाविसलाई जोडने सुनसरी खोलाको पुल निर्माणको काम सुरु भएको सात वर्ष वितिसक्दाँ समेत निर्माण कार्य सम्पन्न भएको छैन । पुल निर्माणको लागि वि.स.२०६७ सालबाट ठेक्केदार कम्पनीले निर्माण कार्य सुरु गरेको भएपनि हालसम्ममा तीन वटा पिलर र आधाँ ढलान बाहेकको कार्य सम्पन्न नहुदाँ दुई वटा गाविसलाई जोड्नका लागि डुङगा र बाँसको पुल (चचरी) बाहेको बिकल्प नरहेको स्थानीयहरुले गुनासो गरेका छन् । निर्माण कार्य विगतमा नियमित भएपनि एक वर्षयता कुनै काम नभएको स्थानीयहरुले बताएका छन ।
स्थानीयहरूलाई आवतजावतमा सजिलो र सहज होस भन्ने उदेश्यले सात वर्ष अगाडि पूल निर्माण कार्य सुरु गरेको र ३ वर्षमा अर्थात वि.स.२०७० सालसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने भनेको थियो तर २०७३ सालसम्ममा पनि निर्माण कार्य सम्पन्न नभएका कारणले स्थानीयलाई आवतजावत निकै समस्या भएको रामनगर भुटाहाका स्थानीय गफार आंसरीले बताए । सो क्षेत्रमा सुनसरी खोलाको बाढीका कारणले समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयहरूले ज्यान जोखिममा राखेर खोला वारिपारी वा आवतजावत गर्न बाध्य भएका स्थानीय लुकमान अंसारीले बताएका छन् ।
जिल्लाको ठूला योजना मध्यै एउटा ठूलो आयोजनको रुपमा रहेको उक्त पुलको निर्माणमा ढिलाई हुँदा स्थानीय आक्रोश समेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि ठेक्का पाएको बिपि कन्ट्रक्सन कम्पनीको चरम लापरवाही र सरकारी निकायको बेवास्ताका कारण पुल निर्माण कार्य ढिलाइ भएको स्थानीयहरुको भनााइ रहेको छ । हुलाकी राजमार्गमा पर्ने भुटाहा र नरसिंहको सुनसरी खोलामा पुल निमार्णमा ढिलाइ भएका कारण बाँसको चचरी र डुङगामा आवतजावत गर्न बाध्य भएको अर्का स्थानीय विद्यासागर नुन्दिले गुनासो पोखे । नरसिंहको अधिंकाश स्थानीयको कारोबार तथा हाटबजारको काम रामनगर भुटहामा हुनेभएका कारणले पुल निर्माण कार्य आवश्यक रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय भुपेन्द्र यादवले पुल निर्माणको काम छिटो नभए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।
करिब ६ करोड रुपियाँ लागतमा निर्माण कार्य सुरु भएकोमा पछिल्लो एक वर्ष यता कुनै काम नभएका कारण स्थानीयहरु सशंकित भएका नरसिंहका स्थानीय जगरनाथ मण्डलले गुनासो गरे । स्थानीयले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न पटकपटक ताकेदा र आग्रह गरेको भएपनि निर्माण कार्यमा कुनै दतारुकता नदेखाएको आरोप लगाएका छन् । यता पुल ठेक्केदार कम्पनि सम्पर्क बाहिर रहेको स्थानीयको भनाइ रहेको छ । पुल निर्माणमा ध्यान किन नदिएको विषयमा निर्माण कम्पनीका एक सदस्यलाई सोध्दा आफूहरु तल्लो मजदुर भएको प्रतिया दिदै नाम उल्लेख नगरिदिन आग्रह गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »