सिरहाको लहान–१ मा ना३ख ५१९७ नम्बरको ट्रक लोकतन्त्र चौकको गोलपार्कको वालमा ठोकिन गई दुर्घटना हुदा ट्रक चालक सिन्धुपाल्चोक फुलपिङकट्टी–१ बस्ने अर्जुन थापा र सह–चालक सोही ठाउँका राजकुमार बुढाथोकी घाइते भएका छन् । घाइते दुबैको सप्तऋषी अस्पताल लहानमा उपचार भइरहेको छ ।
यसैगरी ताप्लेजुङ नगरपालिका–६ स्थित सुकेटारबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे१ज ३६० नम्बरको जिप अनियन्त्रित दुर्घटना हुँदा जिपमा सवार ४ यात्रु घाइते भएका छन् । घाइते मध्ये जिप चालक इलाम जमुना–८ बस्ने १८ बर्षीया तुलसी भण्डारी गम्भीर घाइते भएका छन् । भने जिपका सहचालक सोही ठाउँका प्रविण खतिवडा, ताप्लेजुङ लिङखिम–६ की विपना लिम्बु, उनको नाम खुल्न नसकेको २ बर्षीय घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
त्यस्तै मोरङको सुन्दरदुलारी–१० स्थित दुलारी चौकमा ना४ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका उमेश चौधरीको मृत्यु भएको छ । साँझ ६ बजे तिर ठक्करबाट गम्भिर घाइते भएका चौधरीको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका ७ः४५ बजे मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।
