
एक राति देवनले आफ्नो कोठामा जबर्जस्ती प्रवेश गरेर करणी गरेपछि आफूले त्यसको प्रतिकार स्वरुप प्रहरीमा निवेदन दिन खोज्दा उनले आफूलाई विवाह गर्ने प्रतिबद्धता जनाएपछि आजसम्म आफूहरुबीच श्रीमान् र श्रीमतीको अनौपचारिक सम्बन्ध रहँदै आएको उनले बताइन् ।
तर अहिले आएर देवनले आफूसंग विवाह गर्न नसक्ने भनेर इन्कार गरेपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयसहित अधिकारकर्मी तथा पत्रकार र सञ्चारकर्मीको साहारा लिन बाध्य हुन परेको पीडितकोे भनाइ छ । अहिले अर्कै युवतीसँग लागेर आफूलाई अस्वीकार गर्न लागेको र त्यसो नगर्न अनुरोध गर्दा पीडकले कुट्ने पिट्ने धम्की दिने गरेको पनि उनको भनाई छ । यस विषयमा उदयपुरका मानव अधिकारकर्मी भरत खड्का र महिला अधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष महेश्वरी राईले यो घटनामा देवन दोषी रहेकाले उनलाई कडा कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
