भेटीको विवाद हुँदा पुजारीबिच कुटाकुट

प्रकाशित समय 5:46:00 PM
बारा, ४ कार्तिक । बाराको महागढीमाई नगरपालिका–१ बरियापुरमा रहेको गढीमाई मन्दिरका दुई जना पुजारीबिच भेटीको विषयलाई लिएर बिहीबार कुटाकुट भएको छ ।
बिहीबार दिउँसो साढे १२ बजे मन्दिरका पुजारीद्वय मंगल चौधरी र शम्भु चौधरीबिच मन्दिर मन्दिर परिसरमै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मन्दिरमा भक्तजनहरुले चढाएको भेटी भागबण्डा लगाउने क्रममा विवाद हँदा कुटाकुट भएको हो । पुजारी मंगल चौधरीको कुटाइबाट अर्का पुजारी शम्भु चौधरीको टाउको फुटेको बाराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताए ।
घाइते शम्भु चौधरीको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मंगल चौधरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय बारामा छलफल गर्ने शर्तमा गढीमाई मन्दिर सञ्चालक समितिको जिम्मा लगाएर पठाइएको प्रहरी नायव उपरिक्षक रेग्मीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »