राम नारायण पंडित

कुस्ती प्रतियोगितमा छिमेकी मुलुक भारत र नेपालका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्तिमा उत्कृष्ट गरेका भारत चंडीगढ पंजाबका प्रदिप खाना, अध्योध्यका मुनु पहलमान र मध्यप्रदेशका बाबा नायक लगायतका पाँच जना पहलमानहरुलाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिब रामप्रित साहले बताए । कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए ।

उक्त अबसरमा राष्ट्रपतिका स्बकिय सचिव जिवछ साह र नेकपा माओबादी केन्द्रका नेता जगत यादव लगायतका सहभागिता रहेको थियो । लक्ष्मी पुजाको अबसरमा आयोजना गरिएको तीन दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
