झाडापखाला नियन्त्रण हुन नसक्दा स्थानीय त्रसित

प्रकाशित समय 4:42:00 PM
कमलेश कुमार यादब
सिरहा, २५ कार्तिक । सिरहाको दक्षिणी गाविस औरहीमा विगत चारदिनदेखि फैलिएको झाडापखाला चारदिन वितिसक्दापनि नियन्त्रणमा नआउँदा स्थानीय वासिन्दा त्रसित भएका छन् । अहिलेसम्म ५० बढीमा झाडापखाला फैलिएको छ । आजमात्रै स्थानीय प्राथमिक स्वास्थ्यकेन्द्रमा १५ जना विरामी उपचारका लागि आएको केन्द्रका निमित्त प्रमुख रामनारायण सिंहल जानकारी बताए ।
विरामीहरुको संख्या बढ्दै गएपनि विशेषज्ञहरुको टोली प्रकोप बढेको ठाउँमा आइनपुुग्दा उपचारमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । झाडा पखालकाले औरही ३ का ७ वर्षीय वर्जुन यादव रहेको ज्यान गएको छ । झाडा पखाला औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ ।
पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणका विरामी बढ्दै गएको छ । बेडको अभावमा विरामीहरु चिसो भुुइँमै उपचार गराउन वाध्य छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशंकरलाल कर्णले दुुषित पानी सेवनका कारण झाडा पखालाको रोगी बढेको हुुन सक्ने बताए । उनले  हैजा नभएकोले स्थानीयलाई नडराउन भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्त रुपमा उपचार गरिरहेको प्रमुख कर्णले बताए । समयमै उपचारको लागि आउन अनुरोध गर्दै कर्णले डराउन नपर्ने बताए ।
पानी परीक्षणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, काठमाडौं पठाएको तीन दिन वितिसक्दा समेत रोगको पहिचान हुुन नसक्दा रोग रोकिनुुको सट्टा बढ्दै गएको छ । विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गएपनि सम्बन्धित निकायले ध्यान नदिंदा स्थानीयहरु त्रसित बनेका छन् । यसतर्फ तत्कालै ध्यान नदिए हैजाको रुप लिन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »