सडकमै कुहिन्छन् ठक्करबाट मर्ने जनावर

प्रकाशित समय 4:46:00 PM
लहान, २४ कार्तिक । सिरहाको सदरमुकाम सिरहा तथा लहान सडकमा सवारी साधनको ठक्करले मर्ने जनावर व्यवस्थापनमा समस्या देखिएको छ । कुहिएर दुर्गन्ध बढ्दा समेत सरोकारवाला निकायले चासो दिने गरेको छैन् ।
स्थानियवासीले समेत त्यसको व्यवस्थापनका लागि कसलाई गर्ने अझै थाहा पाएको छैन् । यसले सडकका पैदल यात्रु स्थानिय तथा सवरीमै यात्रा गर्नेलाई समेत प्रभावित पारेको छ ।
यसरी सवारीको ठक्करले मर्ने जनावरहरु उठाउने जिम्मा लिएको स्थानिय निकाय नगर पालिकाले यस्ता विषयमा चासो नदिएको सर्वसधारणहरुको गुनासो छ । सडक खण्डमा हप्तौसम्म जनावर कुहिएका देन्खिछन् तर नगर पालिकाले हटाउदैन ।
सडकमा मरेका गाई गोरु तत्काल उठाए पनि कुकुर भने उठाउन आलटाल गर्ने गरेको स्थानियवासी सत्य नारायण चौधरीले बताए । स्थानिय निकायले मरेको कुकुर नउठाएपछि सडकमै कुहिएर दुर्धन्ति हुने गरेको छ । हामीले बारम्बार जानकारी गरेर पनि उठाउदैन उनले बताए । उनले भने सडकमा सवारीले किचेका जनावर कुहेर माटो बन्दा पनि हटाएको देखिदैन । चौधरीले भने सडकमा मरेको जनावर उठाउने जिम्मेवारी पाएको निकायले सर्वसधारणको जिवनसंग खेलवाड गरिरहेको प्रष्ट हुन्छ ।
जिल्ला जन स्वास्थ कार्यालय सिरहाका डा. दयाशंकरलाल कर्णले सडकमा मरेका जनावर दुर्गन्धले सर्वसधारणको स्वास्थमा असर पार्ने बताए । सडकमै कुहिएपछि त्यसको धुलो हामीले प्रयोग गर्ने खानेपानीमा र स्वास लिदा सीधै मिसिन सक्छ उनले भने त्यसबाट धेरै प्रकारको रोग लाग्न सक्छ । रोग लागेको जनावर भए सर्वसधारणलाई बढि असर पार्ने उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »