कमलेश कुमार यादब
सिरहा, १८ कार्तिक । सिरहाको चोहर्वास्थित श्री गोरख गणले आज विहिवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
गणपति भण्डारीले रगत दान गरी आरम्भ गरिस्को कार्यक्रममा अठार वाहिनीका वाहिनी पति सहायकरथी सुवर्ण वहादुर शाहको उपस्थिति रहेको थियो ।
रक्त संकलन कार्यक्रमा नेपाल रेडक्रस सोसाइडीले प्राविधिक सहयोग प्रदान गरेको छ । संकलित रगत सोसाईटी सिरहा शाखालाई जिम्मा लगाइएको आयोजकले जनाइएको छ ।
