नगरपालिकाको भवन निर्माण गर्न करोडौंको जग्गा दान

प्रकाशित समय 6:47:00 PM
गोलबजार, १९ कार्तिक । गोलबजार नगरपालिका कार्यालयको भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गा दान गरेका छन् ।
गोलबजार नगरपालिका कार्यालय भवन निर्माण गर्नका लागि गोलबजार–६ मा धर्म सिंह तामाङले ६ कठ्ठा, पदम लाल लामाले ३ कठ्ठा र मदन कुमार लामाले ३ कठ्ठा गरी १२ कठ्ठा जग्गा दान गरेका हुन् ।
चलनचल्तीको मूल्य अनुसार झण्डै तीन करोड रुपैयाँ बराबरको जग्गा रहेको स्थानीय बासिन्दाले बताएका छन् । नगरपालिकाले कार्यालय निर्माणको लागि गोलबजार क्षेत्रभत्र पूर्वपश्चिम लोकमार्गदेखि ५ सय मिटरको आसपासमा जग्गादान गर्न गएको जेठमै सूचना प्रकाशित गरेको नगरपालिकाका कार्याकारी अधिकृत राजकुमार दासले जानकारी दिए ।
गोलबजार नगरपालिका–६ मा रहेको जग्गा नगरपालिकाको नाममा नामसारी भइसकेको कार्यकारी अधिकृत दासले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »