अर्नमा प्र.पि.को भविष्य

प्रकाशित समय 5:15:00 PM
मोहन महतो

विगत राणाकालमा सप्तरी जिल्लामा पर्ने अर्नमा प्र.पि. भारतको बोर्डरमा पर्ने नेपालको लगडीगोठ गाविस देखि अर्नमा हुँदै उत्तरतर्फ टुरकिया जमदहको बाटो भएर उदयपुर जिल्ला लगायतका पहाडी जिल्लामा माल समान निकासी पैठारी हुँदा ठीक बीचमा पर्ने अर्नमा प्र.पि. प्रमुख व्यापारिक पडाव केन्द्रको रुपमा चिनिने गर्दथ्यो, सो गाउँ सिरहा जिल्लाको बीचमा पर्दछ । यस गाविसको पूर्वमा गौरीपुर गाविस, सिलोर्वा पछवाडी, इटाटार कमलपुर गाविस, दक्षिणमा हकपाडा, सन्हैठा लगडीगोठ गाविस पश्चिममा ालक्ष्मीपुर, गौरीपुर, विष्णपुर गाविस उत्तरमा महनौर, दुर्गापुर, देवीपुर गाविस पर्छ । प्रत्येक गाविसको जनसंख्या भन्दा बढी जनसंख्या रहेको तथा बीचमा पर्ने भएकोले इलाका कार्यालयको स्थापना गरी इलाका केन्द्रको रुपमा राजनीतिक स्थायित्व बोकेको गाविस थियो र रहो पनि ।
२०४६ सालमा बहुदलित व्यवस्थापको अभ्युदय पाश्चात् सिरहा जिल्ला ५ वटा विकास क्षेत्रमा विभाजन गरियो । त्यसबेला ३ नं. क्षेत्रको उत्तरमा उदयपुर, जिल्लाको सिमानामा पर्ने टुरकिया जमदह देखी दपक्षण भारतको बोर्डरमा पर्ने लगडीगोठको ठीक बीचमा पर्ने अर्नमा प्र.पि.लाई नै क्षेत्रीय सम्पर्क स्थान (कार्यालय)को रुपमा स्थापना गरिए । सो स्थापना गर्नाको कारणहरु थिए, अरु गाविसभन्दा जनसंख्या बढी हुनु, आवश्यक पूर्वाधारको रुपमा चाहिने, कार्याल्यहरु जस्तैः होल्थपोष्ट, हुलाक, भेटेनरी, कृषि, विद्यालय आदि । साथजै करिब ३ विगाहा फैलिएको ग्रामिण बजार हुनु, सो गाविस नगरपालिकाको हैसियत बोकेको गाविस हो ।
तर, यहाँका राजनीतिज्ञहरु युगकवि सिद्धिचरण श्रेष्ठको गाउँ, जमिन्दार, पूण्यलाल श्रेष्ठको गाउँ भएकोले राणकालिन शैलीबाट ग्रसित रहँदै आए । केही व्यक्तित्वहरु त्यसको विरुद्धमा लागे तथा लाग्ने प्रयास गरे । त्यस मध्ये केही डाँकाको नाममा, केही आन्दोलनकारीको नाममा, केही आर्थिक विपन्नताले गर्दा ज्यान समेत आहुती दिए । केही स्वच्छ राजनैतिक व्यक्तित्वरु दब्बिएर ज्यान जोगाउने उपाय मात्रको खोजी गर्दै रहे, कारण राणाशैलीको राजनीतिक संजाल स्वच्छ, प्रगतिशील, समाजवादी राजनीतिक भन्दा सर्वत्र फैलिई जडो गाडी बसेका थिए । अझ राजनीतिक गर्ने व्यक्तिहरु जमिन्दार प्रथा, राणाकालिन शैलीमा राजनीतिक गर्ने, देशमा वदलिँदो परिस्थितिको अध्ययन अनुसन्धाको हैसियत नराख्ने, गलत मनसाय भएको राजनीतिज्ञहरुको गठबन्धन हुने, उच्च मनोबालका साथ राजनीतिक नगर्ने, गाउँदेखि केन्द्रसम्म पुलको रुपमा राजनीतिक गर्न नसक्ने कानूनी राज्यको अवधारणा बुझ्न नसक्ने, सार्वजनिक संघ, संस्थाको विकास गर्न निहित स्वार्थ भन्दा माथि उठेर राजनीतिक नगर्ने, राम्रो रचनात्मक एवं सही विचार दिने व्यक्तिहरुको सिल्ली उडाउने अर्थातु विकासात्मक विचार नअङ्गाल्ने गरेको पाईन्छ । तथापि विगतमा भएको पूर्वाधारको मूल्यांकन सहित यदि यहाँको नोले नेतृत्व गरेको यस नगरपालिका घोषणा हुन केही आत्युक्ति थिएन ।
अब, अर्नमा प्र.पि गाविसको जनता, नेता, नेतृत्व, सर्वसाधारण व्यक्तिहरु, राजनीतिक दलहरु व्यापारीहरु, बुद्धिजीवि, कर्मचारी, युवा, शिक्षक, भरभलादमी, महिला पुरुष तथा बालबालिकाहरु लगायत इलाकाको रुपमा हैसियत दिने उपर्युक्त लिखित सिमानमा पर्ने गाविसहरुका सम्पूर्ण पक्षले अर्नमा प्र.पि.को नामले कम्तीमा गाउँपालिकाको रुपमा स्थापना गरी यहाँको जनतामा लोकतन्त्रात्मक संघीय समानुपातिक संरचनात्मक व्यवस्थाको प्रत्याभूमि दिलाउन लाग्नु पर्ने देखिन्छ । यहाँ अन्य गाउँको भन्दा गाउँपालिकाका लागि चाहिने केही पूर्वाधारहरु संचालनमा रहेको र केही पूर्वाधारका लागि प्रयाप्त सम्भावना भएको गाउँ हो ।
यहाँ प्रयाप्त सम्भावा हुँदाहुँदै यस जिल्लाको केही नेताहरु यस गाविसलाई गाउँपालिका बनाउन हुँदैन भन्ने कसरत गरिरहेको छ । यदि यस गाउँको भूत, वर्तमानलाई कुल्चिँदै भविष्य विगर्ना जुनसुकै व्यक्ति लागे पनि त्यस्ता व्यक्तिहरु अर्नमा प्र.पि.का जनताले छाड्ने छैन भनी प्रतिबद्धता गर्ने पर्छ ।
गाविस. अर्नमा प्र.पि.
वार्ड नंं –५

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »