विद्यालय प्रशासन चुस्त बनाउन आचारसंहिता

प्रकाशित समय 4:43:00 PM
रोहित कुमार मण्डल
लहान, २५ कार्तिक । जिल्लाका अधिकाशं विधालय, बिधार्थी तथा शिक्षकहरले पालना गर्नु पर्ने नियमबारे बिद्यालय बिद्यालयबीच आचारसंहिता निर्माण गरिएको छ । 
अचारसंहिता निर्माणपछि शिक्षक, विद्यार्थी तथा अभिभावकमा नियम पालना बढेको छ । यहाँका अधिकांश बिद्यालयहरुले सबैले देखने गरि विधालयको प्रंणभित्र राखेको छन् । जनता निम्न माध्यमिक बिद्यालय मलहनमा सप्तरीकोे परिसरमा पस्ने बितिकै सबैको ध्यान अचारसंहिता बोर्डमा पर्छ । बिधालयमा बिद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितकिा पदाधिकारीहरु त्था अभिभावकहरुले पालना गर्नु पन नियमबारे अचारसंहिता बोर्ड राखिएको छ ।
शिक्षक तथा विधार्थीहरले विद्यालय परिसरमा र कक्षा कोथामा पालना गर्नु पर्ने अचारसंहितामा राखिएको बिद्यालयका प्रधानाध्यापक समुज लाल चौधरीले बताए । प्रअ चौधरीका अनुसार, शिक्षकले विधालयमा नियमीत र समयमा उपस्थित हुनु पर्ने, कक्षा कोठामा गई मर्यादित पठनपाठन गराउनु पर्ने, बिधार्थीलाई कुटपिट गर्न नपाइने लगायतका नियम राखिएका छन् । 
विद्यार्थीका लागि पनि नियमित विद्यालय तथा विद्यालय पोशाकमा आउनु पर्ने, कक्षाकोठा भित्र हो–हल्ला तथा झगडा गर्न नपाइने लगायतका नियम राखिएको प्रअ चौधरीले बताए । यसो गर्दा अनुशासन तथा कर्तव्यप्रति विद्यार्थी र शिक्षक सजक रहने विद्यालय अवकाश प्राप्त प्रअ रबिन्द्र चौधरीले बताए । 
उनका अनुसार, अचार संहिता राखिएपछि विद्यालयमा विद्यार्थीको नराम्रो आचरणमा सुधार आउनुको साथै विद्यार्थीहरु नियमित विधालय आउनुको साथै समयमा आउ छ । जिल्ला शिक्षा कार्यालयका सिरहाले विधालयहरुले आचारसंहिता राखने चलन राम्रो भएको बताउदै भने यसले बिद्यार्थीको पढाईप्रति लगावको साथै विधालय प्रशासन चुस्त बनाउन सहयोग पु¥याएको बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »