राम नारायण पंडित
सवै क्षेत्रको भावना समेट्ने बाचा सहित आफू प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री दाहालले सवैलाई मन्य हुने गरी संविधान संशोधनको प्रयास भइरहेको जिकिर गरे । मन्तव्यकै क्रममा उनले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताए । ‘केही साथीहरुले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधान संसोधन पछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने देखाउँछ,’ अध्यक्ष दहालले मन्तव्यको क्रममा व्यक्त बताए । उक्त क्रममा प्रधानमन्त्रि प्रचण्डले सिरहाका बिभिन्न क्षेत्रका गर्ने विकास निर्माण कार्यको घोषणा समेत गरे । प्रधानमन्त्रि प्रचण्डले मिर्चैया नगरपालिकाको ढलनिकास ढल, छिटो–छरीतो र सजिलोको लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगायतका कार्यालयहरु स्थापना गर्ने, जमदह–लगडीगदियानी सडक कालोपत्रे गर्न बजेट व्यवस्था गर्न सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन ।
त्यसैगरी सिरहाको लामिडाँडामा एयरपोर्ट निर्माणको लागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ वेडबाट ५० बेडमा स्तरोन्नती, बस्तीपुर–सिकरौन सडक कालोपत्रै, चोहवामा टूमा सेन्टर लगायतका एक दर्जन भन्दा बढी विकास निर्माणका कार्यक्रम उनले घोषणा गरको हुन । त्यस्तै, बैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधा हुने गरी आगामी ४५ दिन भित्र जनकपुरमा वैदेशीक रोजगार कार्यालयको स्थापना गर्न पनि उहाँले निर्देशन दिए ।
यो घोषणा मात्र नभएको भन्दै प्रधानमन्त्रि प्रचण्डले यस कार्यक्रममा सम्वन्धित निकायका सचिव तथा आधिकारीक व्यक्तिहरु समेत उपस्थित रहेकोले घोष्ीित योजनाहरु कार्यान्वयका लागि निर्देशन समेत दिए ।
सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावना अनुकूल कानून बन्ने दाबी गरे । सवै निकायमा समानुपातिक तथा समावेशी लागू हुने गरी कानून बन्न लागेको समेत मन्त्रि नायकले बताए । पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय र जिल्ला स्तारका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
