स्थानीय तह पुनर्संरचनाबारेको छलफल मधेसवादी दलले बिथोले

प्रकाशित समय 6:04:00 PM
राजविराज, २० कार्तिक । स्थानीय तह पुनर्संरचनाको विषयलाई लिएर जिल्ला विकास समिति सप्तरीमा शनिबार आयोजना गरीएको सर्वपक्षीय छलफल कार्यक्रम मधेसवादी दलले बिथोलेका छन् ।
जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा दिउँसो १ बजे सुरु भएको कार्यक्रम १ घण्टा नपुग्दै बिथोलिएको हो । छलफलको सुभारम्भ गर्दै स्थानीय तह पुनर्संरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका तर्फबाट स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले स्थानीय तहको पुनर्संरचनाका विषयमा आ–आफनो सुझाव दिन आग्रह गर्नुभएको थियो । त्यसलगत्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले संविधानमा संघीयताकै विषयमा कुरा नमिलेको, प्रादेशिक सीमाकै विषयमा विवाद रहेका बेला यस्तो छलफलको कुनै औचित्य नहुने बताए ।
सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाले संघीयताको विषय टुङ्गो नलागेसम्म यस्तो छलफल औचित्यहिन हुने भन्दै आफूहरु विरोधमा उत्रनु परेको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवले संघीयताको विषयमा मधेसको असन्तुष्टि कायम रहेको भन्दै पहिले त्यसलाई मिलाउनु जरुरी रहेको बताए ।
स्थानीय विकास अधिकारी पोखरेलले भने, ‘छलफलमा विरोध गर्नेहरुको उपस्थिति बलियो र कार्यक्रम सफल बनाउनुपर्छ भन्नेहरुको उपस्थिति कमजोर भएकाले कार्यक्रम भाँडियो ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »