बसको ठक्करबाट बालकको मृत्यु

प्रकाशित समय 6:48:00 PM
गोलबजार, १९ कार्तिक । आफ्नै घरअगाडी साइकलको टायर गुडाइरहेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । काठमाडौंबाट राजविराजका लागि छुटेको बसले पूर्वपश्चिम लोकमार्गको बडहरामाल–४ मा ठक्कर दिँदा रोशन मुखियाको ज्यान गएको हो ।
ना ५ ख ४८४७ नम्बरको बसले ठक्कर दिँदा बालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी श्याम चौधरीले जानकारी दिए ।
घरअगाडी साइकलको टायर गुडाइरहेको बेला रोशनलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । शव जिल्ला स्वास्थ्य कार्यालय सिरहा लगिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »