उतm वृहत विज्ञान प्रदर्शसनी मेला सिरहा जिल्लाको १८ वटा निजी विद्यालयहरुको सहभागिता रहेको आयोजक संस्थाले जानएका छन् । प्रदर्शनीमा विभिन्न विधालयका विधार्थीहरुले निर्माण गरेको विभिन्न किसिमको विज्ञान प्रविधिका सामग्रीहरु प्रदर्शन गरेका थिए । शिक्षा नितिको अभाव हुदाहुदै निजी क्षेत्रले उच्च माविलाई आकर्षण र गुणस्तर शिक्षा दिने प्रयास गरेको प्रमुख सभाअध्यक्षको आसनबाट बोल्दैे लिट्टिल स्टार अंग्रेजी उच्च माध्यमिक विधालयलका संस्थापक प्रिन्सिपल जयप्रकाश चौधरीले भने, ‘अब ऐनले अंकुश लगाउने होइन ।’
सूचना र प्रविधिको क्षेत्रमा छोटो समयमै लामो फडको मार्न सफल समेत सफल भएको जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले प्रमुख अथितिको आसनबाट बोल्दै प्रसान्सा गरेका थिए । विज्ञान प्रदर्शसनीले केहि हदसम्म उपलब्धि हासिल गरेको उनले दावी गरे । प्रदर्शसनी मेलामा विज्ञान सामग्रीहरु हेर्न अभिभावकहरुको समेत ठुलो उपस्थिति रहेको थियो । उतm विज्ञान प्रदर्शसनी मेला प्रथम, द्धितिय तथा तिृतिय हुने विधालयलाई जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले प्रमाण पत्र वितरण गरेका थिए ।
