हात्तीको आक्रमणबाट एकको मृत्यु

प्रकाशित समय 6:58:00 PM
सप्तरी, १९ कार्तिक । जंगली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको ज्यान गएको छ । सप्तरीको उत्तरी पूर्वी गाविस बैरबा–८ का ६२ वर्षे अलाउद्दिन खानको बिहान ज्यान गएको हो । सप्तरीको उत्तरी पूर्वी गाविसमा जंगली हात्तीको आक्रमण बढ्दै गएको छ । कन्चनपुर, जगतपुर, भारदह, बरमझियालगायत गाविसमा जंगली हात्तीको आक्रमण बढेको हो । त्यहाँ केरा खेती हुने गरेको र केरा खान हात्ती गाउँ पस्न थालेको स्थानियबासिन्दाले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »