कृषकलाई उखु खेतीतर्फ आकर्षित पार्न विभिन्न सुविधा

प्रकाशित समय 8:09:00 PM
कमलेश कुमार यादब
सिरहा १३ पुस ः सिरहाको पानवारी चोकमा भर्खरै स्थापना भएको हिमालय सुगर मीलले पुस १ गतेदेखि आफ्नो परिक्षण उत्पादन सुरु गरेको छ ।
अघिल्लो वर्ष स्थापना भएको उक्त कारखानाले सिरहा, सप्तरी तथा धनुषालाई पकेट क्षेत्रको रुपमा लिंदै चिनी उत्पादन गर्ने लक्ष्य बनाएको छ । तर दैनिक २५ हजार क्विन्टल उखु पेल्न सक्ने क्षमता भएको उक्त कारखानाले पहिलो दिनमा ११ हजार क्विन्टल मात्र उखु पेल्न सकेको छ ।
हिमालय सुगर मीलका उखु प्रबन्धक अवध किशोर यादव कारखानाको क्षमता अनुसार उखु सङ्कलन हुन नसकेकोले यहाँ स्थापना भएको उखु मील एक महिनापछि नै बन्द गर्नुपर्ने सम्भावना रहेको बताउँछन् ।
उत्पादन सुरु गरे पनि हाम्रो ध्यान अहिले उखु सङ्कलनमै छ, यादवले भने–सिरहामा उत्पादन भएको तीन लाख क्विन्टल उखु चाँडोभन्दा चाँडो खेतबाट काट्नु प¥यो भनेर किसानको घरदैलौमै हामीले पुग्नुपर्ने बाध्यता छ ।
उखु सङ्कलन नभएकै कारण कारखानाले अहिले कारखानाका उपकरणहरु दिनभरी चलाउन सकेको छैन । सोही कारण पुसको पहिलो दिन चिनीको परिक्षण उत्पादन गरेर कारखानाले उखु पेल्ने उपकरणहरु पुनः बन्द गरेको छ । कारखानाका उखु प्रबन्धक यादवका अनुसार फागुनसम्म उखु कारखाना सञ्चालन गर्न कारखानालाई कम्तीमा पनि छ लाख क्विन्टल उखु आवश्यक पर्दछ ।
यता, उखु कृषकको गुनासो अर्कै छ । मिर्चैया नगरपालिका–६ का उखु कृषक रामेश्वर साहले उखुको मूल्य निर्धारण नभएको कारण खेतमा रहेको उखु कारखानालाई सुम्पन गा¥हो भइरहेको बताएका छन् ।
उखुमा राम्रो आम्दानी हुन्छ भनेर हामी धानवाली र मौसमी तरकारी खेती विस्थापन गर्न उखु खेती लगाउँछौ तर उखु कारखानाले उखुको भुक्तानी समयमै र उचित दरमा दिंदैन, उनले भने–त्यसैले हामीजस्तो कृषक वर्गलाइ उखु खेतीमा गरिने लगानी डुब्छ कि भन्ने पीर परिरहन्छ ।
भर्खरै स्थापना भएकोले आफ्नो तर्फबाट विश्वसनीय वातावरण बनाउन हिमालय चिनी मील प्रयासरत छ । यसका लागि सो मीलले सिरहामा उखु खेतीलाई व्यवसायिक बनाउन चालु आर्थिक वर्षमा मात्रै १० हजार हेक्टरमा स्थानीय कृषकका लागि बोरिङ्ग, बीऊ र उपकरणमा अनुदान तथा उखु खेतीका लागि बैङ्कबाट ऋण समेत उपलब्ध गराउने असोज महिनादेखि योजना ल्याएको थियो । तर, जतिसुकै योजना ल्याए पनि तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती नभएको हुनाले चिनी मिललाई अफ्ठ्यारो परेको छ ।
यसपालिको अभावलाई केही भए पनि टार्न हामीले सप्तरी, धनुषा र निकटवर्ती भारतीय जिल्लाहरुका किसानसँग पनि सम्पर्क गरिरहेका छौ, उखु प्रबन्धक यादवले भने–हामीले उखु खेतीको लागि सुविधाका योजना अगाडि बढाउँदै गर्दा यसपालि कृषकले धानवाली लगाइसकेका थिए तर अब भने धानवाली लगाउनु अगाडि नै पुनः कृषकहरुको घरदैलो जाने हाम्रो कार्यक्रम छ ।
    यस क्षेत्रमा उखु खेतीमा प्रचुरता भए हामीले एकै दिनमा २० क्विन्टलभन्दा बढी चिनीको उत्पादन दिन सक्छौं, प्रबन्ध यादवले भने–त्यसपछि सगरमाथा र जनकपुरका सर्वसाधरणहरुले भारतीय वा अन्य स्थानको चिनीमा भर पर्नु पर्दैन ।
   करिब ६० विगाहाको क्षेत्रफलमा स्थापना भएको चोहर्वाको पानवारीस्थित हिमालय सुगर मील सञ्चालन भएपछि त्यहाँ अहिले चार सयभन्दा बढी मजदुर काम गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »