सिरहामा भएको कुुस्तीको २४ जोडी भिडे

प्रकाशित समय 12:58:00 AM
रामबाबु यादब  
सिरहा  १३ पुस ः  सिरहामा भइरहेको सातौ राष्ट्रिय खेलकुुद अन्तर्गत १२ औं कुुस्ती प्रतियोगिताको दोस्रो दिन बुुधबार २४ जोडीले भिडेका छन् ।
१२५ किलो तौलमा नेपाल प्रहरीका राधामरी प्रसाद यादवलाई हराउँदै पूूर्वाञ्चलका नागेन्द्र यादव विजयी भएका छन् ।  त्यस्तै सोही तौल मूहका सुदुश्र पश्चिमका करण भट्टलाई हराउँदै मध्यमांचलका सतेन्द्र प्रसाद यादव विजयी भएको छ । त्यसैगरी नेपाल प्रहरीका रामधारी प्रसाद यादवलाई हराउँदै नेपाली सेनाका रमेश चन्द्र विजयी भएका छन् । त्यसैगरी सुदुरपश्चिमका करण भट्टलाई हराउँदै नेपाली सेनाका रमेश चन्द विजयी भएका छन् ।
त्यस्तै ९७ किलो तौल समूहका पश्चिमाञ्चलका सत्तन डोम र पूूर्वाञ्चलका जितेन्द्र प्रसाद यादव, नेपाली सेनाका मुकेश कुमार ठाकुर र नेपाल प्रहरीका सागर कुमार यादवलाई हराउँदै क्रमशः मध्यमाञ्चलका कमुस्द्दीन मिया र मध्यमांचलका सुमीर कुमार साह, मध्यमांचलका र पूूर्वाञ्चलका जितेन्द्र प्रसाद यादव विजयी भएका छन् ।
त्यसैगरी ८६ किलो समूहका पश्चिमाञ्लका राजेन्द्र अहीर र मध्यमाञ्चलका सन्दीप कुमार यादव हराउँदै मध्य पश्चिमका राजेश गोतामे र पूूर्वाञ्चलका विसुुनदेव यादव वियी भएका छन् ।
सेमी फाइनल खेलमा ७४ के.जी तोल समूहका मध्यमांचलका मुक्तर आलम र पश्चिमांचलका मुुनेश्वर यादव फाइनल खेलमा पुुगेको छ ।
त्यस्तै आजको खेलमा ७० के.जी.तोल समूहका नेपाल प्रहरीका दिपेश राउत र पश्चिमांचलका वैजनाथ यादव फाइनल खेलमा पुुगेको छ । त्यसैगरी ६५ के.जी. तौल समूह अन्तर्गत पूूर्वाञ्चलका सुरेश कुमार यादव र मध्यमांचलका सरोज यादव फाइनल खेलमा पुुगेको छ ।
      त्यस्तै ६१ के.जी. तौल समूह अन्तर्गत मध्यमांचलका जयमंगल यादव र पश्चिमांचलका श्याम मिलन दुरी फाइनल खेलमा पुुगेको छ । त्यस्तैगरी ५७ के.जी. तौल समूहका नेपाल प्रहरीका भागवत साह र मध्यमांचलका रामबाबु यादव फाइनल खेलमा पुुगेको छ । फाईनल खेल भोली हुने छ । भोलि फाइनल हुुने कुुस्ति खेलमा १९ जना कुुस्ति खेलाडीहरु बीच प्रतिस्पर्धा हुुने आयोजकले जनाएको छ  ।



सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »