सिरहा सदरमुकाममा विहिवार भएको फाइनल खेलमा मध्यमाञ्चलबाट ५७ केजी समूका रामबाबु यादव, ६१ केजी समूका जयमंगल यादव, ६५ केजी समूका सरोज यादव, ७४ केजी समूका मुक्तार आलम, ९६ केजी समूका सुमिर कुमार साह र १२५ केजी समूका सतेन्द्र प्रसाद यावले स्वर्ण पदक हात पारेका छन् । पश्चिमाञ्चलबाट ७० केजी समूका बैजनाथ यादव, मध्यपश्चिमाञ्चलबाट ८६ केजी समूहका रमेश गोतामेले स्वर्ण पदन जितेका छन् ।
रामबाबु यादवले नेपाल प्रहरीका भगत साह, जयमंगल यादवले श्याम मिलन दुरा पश्चिमाञ्चल, सरोज यादवले सुरेश कुमार यादव पूर्वाञ्चल, बैजनाथ यादवले नेपाल प्रहरीका दिपेश राहुतलाई पराजीत गर्दै स्वर्ण पदक जीतेका हुन् ।
त्यसैगरी मुक्तार आलमले पश्चिमाञ्चलका मुनेश्व यादवलाई पराजीत गरेका थिए भने रमेश गोतामेले विसनदेव यादव पूर्वाञ्चल, सुमिर कुमार साहले कसरुद्दिन मिया मध्यपश्चिमाञ्चल र सतेन्द्र यादवले पूर्वाञ्चललाई पराजीत गर्दै स्वर्ण पदक चुमेका थिए ।
कुस्तीमा विभागीय टीम भने कमजोर सावित भएका छन् । नेपाली सेना र नेपाल प्रहरी दुवै टीमले स्वर्ण हात पार्न सकेन ।
१२ गतेबाट सुरु भएको खेल आज समापन भएको हो । पाँच विकास क्षेत्र र दुई विभागीय टिमगरी १२ टीम सहभागी रहेको खेलमा ५७ जना खेलाडीले भाग लिएको आयोजकले जनाएको छ ।
