कुस्तीमा मध्यमाञ्चल र पश्चिमाञ्चल बराबरीमा

प्रकाशित समय 2:40:00 AM
रामबाबु यादब
सिरहा,१२ पुस । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सिरहामा मङ्गलबारदेखि सुरु भएको कुस्ती प्रतियोगिताको पहिलो दिनमा मध्यमाञ्चल र पश्चिमाञ्चलले बराबर स्थान प्राप्त गरेको छ ।
    पहिलो दिनको प्रतियोगितामा भएको १५ वटा खेलमा मध्यमाञ्चल र पश्चिमाञ्चलले चार÷चार, पूर्वाञ्चलले तीन र सुदुरपश्चिम तथा नेपाल प्रहरीले दुई÷दुई वटा खेल आफ्नो पक्षमा पारेको छ ।
उक्त प्रतियोगितामा ५७ केजी तौल समुहबाट सुदुरपश्चिमका भुवन चन्द, पूर्वाञ्चलका अमरेश कुमार यादव र नेपाल प्रहरीका भागवत साहले विजय प्राप्त गरेका छन् । त्यस्तै, ६१ केजी तौल समुहबाट पश्चिमाञ्चलका श्याम मिलन दुरा, पूर्वाञ्चलका अमरनाथ यादव, मध्यमाञ्चलका जयमङ्गल यादव, ६५ केजी तौल समुहबाट मध्यमाञ्चलका सरोज यादव, पश्चिमाञ्चलबाट रामसेवक अहिर र पूर्वाञ्चलका सुरेश कुमार यादवले विजय प्राप्त गरेका छन् ।
यसैगरी, ७० केजी तौल समुहबाट सुदुरपश्चिमका सन्तोष एस के, मध्यमाञ्चलका राजेश यादव र पश्चिमाञ्चलका बैधनाथ यादव विजित भए भने ७४ केजी तौल समुहबाट पश्चिमाञ्चलका भुवनेश्वर यादव, मध्यमाञ्चलका मुक्तार आलम र नेपाल प्रहरीका दिनेश कुमार यादवले विजय प्राप्त गरेका छन् ।
प्रतियोगिताको सेमिफाइनल खेल बुधबार र फाइनल खेल विहीवार हुने आयोजक राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य उपेन्द्र यादवले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसकी नेतृ तथा पुर्व शिक्षा मन्त्री श्रीमती चित्रलेखा यादवले खेलाडीहरुले आफू र आफ्नो समाजभन्दा आफ्नो राष्ट्रका लागि खेल्नुपर्ने बताउँदै कुस्ती प्रतियोगिताले नेपाललाई विश्वमा चिनाएको बताइन । उनी सिरहाको भूमिमा निकै लामो समयदेखि कुस्ती खेलिंदै आएको उल्लेख गर्दै खेलकुदको विकासले यस क्षेत्रका युवाहरुमा देखिएको कुलत र विकृतिलाई हटाउने विश्वास व्यक्त गरे ।
व्यवस्थपिका संसदका सांसद मोख्तार अहमदले खेलाडीहरुको सम्मान र व्यक्तित्व विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने बताउँदै खेलकुदको विकासले किशोर र युवाहरुलाई अनुशासन र रचनात्मक क्रियाकलापतर्फ डो¥याउने भएकोले यो युवा जगतको लागि अत्यन्त आवश्यक रहेको बताए ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »