राजविराज, ४ वैशाख । विगत ६ दिनदेखि अनिश्चिकालीन धर्नामा बसेका पत्रकारहरुको माग सम्वोधन नभएको भन्दै सप्तरीका पत्रकारहरुले जिल्लामा समेत पत्रकारहरुले आन्दोलनलाई निरन्तरता दिँदैआएका छन् ।

नगर परिक्रममा पश्चात महासंघ शाखा सप्तरी अगाडि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले पत्रकार महासंघ जस्तो पेशागत पत्रकारहरुको छाता सङ्गठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए । केही सिमित व्यक्तिहरुको स्वार्थ सिद्धिका लागि केन्द्रीय समितिले सप्तरीका पत्रकारहरुले भावनालाई कुठाराघात गरेको भन्दै तत्काल माग सम्बोधन गर्न केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन् ।
पत्रकारहरुको ¥यालीमा महासंघका पूर्व अध्यक्षहरु, केन्द्रीय पार्षद, विभिन्न सञ्चारमाध्यममा कार्यरत कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
