बेल्हामा नागरिक प्रहरी ड्रामा क्लिनिक
गोलबजारा, २९ चैत । दलित जन कल्याण युवा क्लब लहानले ‘पहुँच’ परियोजना अन्तर्गत जिल्लाको बेल्हामा तीन दिने नागरिक प्रहरी ड्रामा क्लिनिक सोमवार सम्पन्न गरेको छ । विभिन्न पाँच गाविसबाट भएको सहभागीहरुलाई नाटक मञ्चन गर्न प्रशिक्षण दिएर दुई समूहमा विभाजन गरी नाटक प्रदर्शन गराएको थियो ।वर्तमान समाजमा छोरी र बुहारीबीच गरिने विभेद्लाई नाटक मार्फत दर्शाएको थियो । शिक्षा आर्जन गराउन प्रतिबद्धता जनाएर पनि पढ्न नदिएको र अर्को तिर बुहारीलाई राम्रो शिक्षा दिएको प्रभावले विवाह पछि पनि जागीर पाउन सफल भएको कुरालाई दर्शकमाझ सिकारु कलाकर्मीहरुले प्रस्तुत गरेको थियो ।
संस्थाले संचालन गर्दै आएको पहुँच परियोजना अन्तर्गत तयार भएको नाट्यकर्मीहरुलाई खुल्ला दिशामुक्त अभियान तथा समाजको अन्य बिकृतिलाई रोक्न उपयोग गर्नुपर्ने सामुदायिक सेवा केन्द्रका सचिव धिरेन्द्र साहले बताए । उनले गाउँकै कलाकर्मीहरुले प्रस्तुत गर्ने विषयमाथि स्थानीयहरुले चासो दिएर अवलोकन गर्ने दाबी गरे ।
विभिन्न कारणले नागरिक र प्रहरीबीचमा बेला बखतमा अविश्वासको वातावरण उत्पन्न भई सुरक्षा तथा समाजिक विकासको अन्य पक्षमा पर्ने नकारात्मक असरलाई यो नाटकले न्यूनीकरण गर्ने सिरहा जिल्ला फिल्ड संयोजक राजेश लोहनीले दाबी गरे । उनले प्ररही र नागरिकबीच एकै ठाउँमा बसेर छलफल नहँुदा एकअर्काप्रति शंका पैदा भएर सुरक्षा तथा अन्य क्रियाकलापमा नकारात्मक असर पर्ने गरेको तर्क गरे ।
समूह नम्बर बीले प्रथम पुरस्कार हात पार्न सफल भयो भने दोश्रो पुरस्कार समूह नम्बर एले प्राप्त ग¥यो । प्रथम र दोश्रो हुने समूहलाई कप सहित मेडल प्रदान गरिएको आयोजक संस्थाले जनाएको हो ।
जिल्ला समन्वय समिति सिरहका प्रमुख सुरेश राउत, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत कमल देव यादव र जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्ण लगायतले पुरस्कार वितरण गरेको थियो । नाटक समूह निर्माण तथा प्रशिक्षण दिने प्रशिक्षक एवम् अन्य सहयोगीहरुलाई कदर पत्र सहित सम्मान गरेको थियो । उक्त सम्मान पत्र संस्थाका अध्यक्ष उमेश बिसुन्केले प्रदान गरेको थियो । नाटक अवलोकन गर्न बेल्हा, चतरी, सारश्वर लगायत अन्य गाविसका हजारौं व्यक्तिहरुको भीड लागेको थियो ।
नाट्य समूह नम्बर बीमा ओम प्रकाश मण्डल, शान्तिदेवी मुखिया, बिमल गुप्ता, संजुला मण्डल, देवेन्द्र पासमान, द्रोपती मण्डल, पुनिपा माझी, ललिता देवी मण्डल, पिंकी साह, बेल्हा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नरसिंह लेखी चौधरी लगायत रहेको पहुँच परियोजनाका जिल्ला संयोजक अशोक कुमार कामतिले बताए ।
यसैगरी, नाट्य समूह नम्बर एमा फुलो देवी महरा, कृष्णा देवी शर्मा, आन्नद किशोर यादव, रामह्दिय महरा, विनय ठाकुर, श्यामोदेवी पासमान, पंकज यादव, बिरेन्द्र कुमार राम, दिपेन्द्र मण्डल, अरुण यादव, सुमोद साह, जयप्रकाश राय लगायत रहेको उनले थपे ।
