बोक्सीको आरोपमा पति पत्नीलाई कुटपिट

प्रकाशित समय 6:01:00 PM
गोलबजार, ४ बैशाख । धनगडीमाई नगरपालिका ६ की ६५ वर्षीया कुसमा देवी यादवलाई बोक्सीको आरोपमा कुटपिट गर्न थालेपछि उनका पति ७५ वर्षीय अशेश्वर यादवले वचाँउन खोज्दा शिव कुमार यादव, विजय यादव र आशाराम दासले पति पत्नी दुवैलाई लठ्ठी र खुकुरी लिएर कुटपिट गरी घाईते वनाएका छन ।
चैत ३१ गते विहानै आफनै घरमा वसिरहेको अवस्थामा शिव कुमार यादवको समूहले ‘तैले मेरो छोरी किरण कुमारी यादवलाई वोक्सी लगाएर हैरान पारिस । अब तलाई यस गाँउमा वस्न दिन्न ।’ नानाथरीको गाली वेज्जती गर्दै लठ्ठीले हिर्काउदै टाउकोमा खुकुरी प्रहार गर्न थालेपछि कुसमा देवीले हातले रोक्दा उनको दाहिने हात काटिएको छ भन्ने शरीरको विभिन्न भागमा गहिरो चोटपटक लागेको छ ।
भैसी दुहिरहेको अशेश्वर यादवले पत्नीलाई कुटिरहेको देखेर ‘किन कुटछौ’ भन्दा नाक र हातमा खुकुरीको प्रहारले घाईतो भएको छ । पति पत्नी दुवैजना घाईते भएर वेहोस् भएपछि गाँउलेहरुले लहानस्थित लिला मदन अस्पतालमा पु¥याई दिएको पीडितले बताएको छ ।
खुकुरी र लठ्ठी प्रहार गरि घाईते वनाएका शिव कुमार यादव, विजय यादव र आशाराम दासलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको डिएसपी हिरा वाहादुर पाण्डेले बताएको छ । लिला मदन पोलि क्लिनिकका चिकित्सक दिलिप साहको अनुसार दुवैजनालाई वेसरी कुटपिट गरेको कारण केहि दिनसम्म अझै उपचारमा वस्नु पर्ने अवस्था रहेको छ । दुवै जनाको काटिएको हात र नाकमा एक दर्जन भन्दा वढी टाँका लागेको छ ।
महिला मानव अधिकारकर्मी रेणु कर्ण यादवको अनुसार यस्ता घटनाहरुमका स्थानीय राजनीतिक दलहरुले आफ्नो कार्यकर्ताहरुलाई वचाउन मिलापत्र गराउने र दोषीले कानून बमोजिम सजाय नपाउदा पटक–पटक यस्तो घटना दोहोरि रहेको बताएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »