गोलबजार, १२ बैशाख । संविधानसंशोधन नभएसम्म कुनैपनि हालतमा आफूहरु चुनावमा नजाने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । सिरहाको कल्याण्पुरमा मंगलबार आयोजीत वृहत पार्टि प्रवेश तथा आमसभालाई सम्वोधन गर्दै अध्यक्ष यादवले आफूहरुसँग सरकारको कुनै पनि प्रकारको सम्झौता नभएको भन्दै चुनावमा जाने नजाने भन्ने विषय संविधान संशोधनमा अल्झिएको बताउनु भयो ।

अहिले भईरहेको स्थानीय निकाय गठनले सर्वसाधारण जनतालाई नियोजित रुपमा राज्यबाट उपेक्षित गर्ने नीति लिएको बताउनु भयो । अहिलेको बाटफाँटले गरिव, दलित तथा पीछडाबर्गको स्थानीय निकायमा उपस्थित नहुने समेत यादव जिकिर गर्नुभयो । उहाँले अहिले झन ठूलो इकाई गठन गरेर पैसानहुने इमान्दार व्यक्तिलाई स्थानीय निकायमा पहुँच रोक्ने ठोकुवा गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका कोषध्यक्ष विजय यादव, के. स. विरेन्द्र प्रसाद महतो, शत्रुधन प्रसाद सिंह, सत्यनारायण यादव, महिला फोर नेपाल को के. स. निर्मला यादव, २ नं. प्रदेश सदस्य सुनिता राम लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता संघिय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति अध्यक्ष वादल प्रसाद यादव ले गर्नु भएको थियो । उक्त पार्टि प्रवेश कार्यक्रममा विभिन्न पार्टि माओवादी केन्द्र, नेकपा एमाले, ने. का., राप्रपा लगायत पार्टी परित्यागरी सयौंको संख्यामा पार्टि प्रवेश गरेका छन् ।
नव प्रवेसीहरुलाई राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले फुलको माला र अविर लगाएर पार्टि प्रवेश गराउनु भएको छ ।
