उनका अनुसार सालनाल काटेको, नाइटोमा टेप टाँसेको शिशु सेतो प्लास्टिक र कालो कपडाले बेरेको अवस्थामा खोलाको बगरमा मृत अवस्थामा भेटिएको हो । शिशुको शव पोष्टमार्टमका लागि राम कुमार शारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहान राखिएको छ ।
नजिककै स्वास्थ्य संस्थाहरुमा जन्माएर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । लहानमा रहेको सबै स्वास्थ्य संस्थाहरुमा खोजतलास गरेपनि दुई दिनभित्र कुनै बच्चा नजन्मेको अस्पतालहरुले जनाएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अवैध गर्भ रहेको कारण लोकलाजले शिशु फालेको हुन सक्ने स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।
