मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

प्रकाशित समय 5:59:00 PM


गोलबजार, ३ बैशाख  । चोहर्वा सिरहा  सहायक सडक अन्तर्गत सिरहा नगरपालिका ११ भलुवाही सडक खण्डमा  शनिवार राती मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । ज्यान जानेमा  जिझौल बस्ने ६० बर्षिया सहोदिया कामती रहेको प्रहरीले जनाएको छ ।
सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको थियो । ठक्कर दिने मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »