औरहीमा कुस्ती प्रतियोगीता हुने

प्रकाशित समय 6:43:00 PM
सिरहा,५बैशाख । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सुभाष कुमार यादवले गृह गाउँ औरहीमा नयाँ वर्ष २०७४ को शुभ अवसरमा कुस्ती प्रतियोगीता गर्ने भएको छ । 
आउदो ७ र ८ मा संचालन हुने कुस्ती प्रतियोगीतामा नेपाल र भारतका विभिन्न स्थानका कुस्तीबाजहरुले भाग लिने आयोजकले जनाएको छ । भारतको बनारस, हरियाना, पंजाव लगायत विभिन्न स्थानका कुस्ती बाजसँगै नेपालका नवलपरासी, पर्सा, धनुषा गरी अन्य स्थानबाट कुस्तीबाजहरु भाग लिने आयोजकले थपे । 
आयोजक सहयोगी अनिल कुमार यादवका अनुसार नेपालको तर्फबाट नरेश गिरिको नेतृत्वमा दर्जनौं कुस्तीबाजहरु भाग लिने छन् भने भारतको गुलाम सावीर, प्रदिप खन्ना, मंगलासँगै दर्जनौं कुस्तीबाजहरु भाग लिनेछन् । कुस्तीको प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको उनले थपे ।  
कुस्ती नै किन 
‘प्राचिनकालिन अवस्था देखि चल्दै आएको सुसंस्कारयुक्त खेलको रुपमा चिनिको छ,’नेविसंघका पूर्व केन्द्रिय सदस्य एवम् युवा नेता यादव भन्छन्,‘कुस्तीले व्यक्तिको शारिरिक तन्दुरुस्तीसँगै मानसिक रुपमाले बलियो बनाउने छन् ।’ उनका अनुसार सुसंस्कृति भित्रको मौलिकतालाई बचाउन कुस्ती प्रतियोगीताको आयोजना गर्न लागेको छु । 
‘कुस्ती प्रतियोगीता ग्रामिण तथा शहरी भेगका बुढा पाकाले बढि रुचाउथ्यो,’उनी भन्छन्,‘तर आधुनिकताले त्यस्ता व्यक्तिहरुको मागलाई बेवास्ता गर्दै अघि बढिरहेको अवस्था छ । पछिल्ला दिनको घटनाक्रमलाई अध्ययन गर्ने हो भने त्यस्ता व्यक्तिहरुको कुरा दबिदै गएको छ ।’ कुस्ती प्रतियोगीता व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै गाउँका सैयौं युवाहरु परिचालन गरिने आयोजकले जनाएको हो ।
सांस्कृतिक मौलिकता र ग्रामिण भावनालाई समेट्न प्रयासको रुपमा गर्न लागेको कुस्ती प्रतियोगीतामा दशौं हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ । कुस्ती प्रतियोगीता अवलोकन गर्न इटाटार, हकपारा, सन्हैठा, बरियारपट्टी, हरकट्टी, पिप्रा प्रपीसँगै भारत विहारका दर्जनौं गाउँका बासिन्दाहरु आउने आयोजकको भनाई छ । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »