गाउँपालिकाबाट पुनः नगरपालिकामा घोषणा भएपछि नगरबासिहरु खुशीले दंङ्ग
गोलबजार, २९ चैत्र । सुखीपुर गाउँपालिकाबाट पुनः नगरपालिकामा घोषणा भएपछि सुखीपुर नगरका बासिन्दाहरु निकै खुसी भएका छन् ।
६ दिनको भोखो पेट, हातमा स्लाइनिंग लागेको, बोलन पनि अप्टयारो हुने स्वरले विस्तारै विस्तारै अनशनकारी मध्येका सबै भन्दा स्वास्थ्य अवस्था विग्रिएको राम भरोष साहले धार्मिक पुस्तक गीता अडागीमा राखेर सीता राम नाम जपको मधुरो स्वरमा सुरुवात गरे बाकी अनशनकारीले स्वरमा स्वर मिलाउदै सीता राम नाम जप गर्दै बेलामा खुशीको खबर पाएपछि मन दगंदगं भएको सुखीपुर नगरपालिका बचाऊ सघर्ष समितिका सदस्य वीपी भुनव यादबले बताए ।
सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको विरुद्धमा सुखीपुर नगरपालिका कायम गराउन चैत २३ गते बुधवार बेलुका १ बजे देखि संघर्ष समितिका संयोजक तथा नेपाली काँग्रेसका सुखीपुर नगरका युवा नेता विपी भुवन यादब , नेकपा एमालेका युवा नेता राम किशुन यादब, राम भरोष साह, सघीय समाजबादी फोरम नेपालका हरेराम यादब, विन्देश्वर पजियार र आज सोमबार थप एक जना मधेशी जनअधिकार फोरम गणतान्त्रिकका सुखीपुर नगरका नगर अध्यक्ष राज कुमार महतो आमरण अनसनमा बसेका थिए ।
सिरहाको सुखीपुरमा ६ दिनदेखि आमरण अनसनमा बसेका अनसनकारीको स्वास्थ्य अवस्था एकदमै खस्कदै गएको छ । अनसनकारीहरुको व्लडप्रेशस लो छ, डिहाइडेसन लगायतको समस्या देखिएको थियो तर नगरपालिका पुन घोषणा भएको खबर सुन्दा नै अनशनकारीहरुको हातमा लागेको स्लाइनिंग खोलाई खुशीले नाचगान थालेको ईलाका हेल्थ पोष्ट कार्यालय सुखीपुरका ईन्चार्ज राजदेब यादबले बताए ।
