आफ्नै घरबाट बालक वेपत्ता

प्रकाशित समय 7:13:00 AM
गोलबजार, १४ बैशाख । सिरहाको नरहा ३ खोरियाबाट  बुधबार बालक  बेपत्ता भएको छ । स्थानीय भरोसी यादवको दुई वर्षिय छोरा रमन आफ्नै घरबाट हराएको परिवारजनले बताएको छ ।
बेलुका ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफै बसेर छोरा छोरीहरुलाई सँगैराखेर पढाई रहेको अवस्थामा छोडेर गाउँतिर घुम्न गएको बताएको छ । फर्केर आउँदा कान्छोछोरा नभेटिएको यादवका दाई खेमराज यादवले बताउनु भयो ।
राती धेरै वेर गाउँघरमा खोजखवर गर्दापनि छोरा नभेटिएपछि आफूहरुले प्रहरीलाई खवर गरेको यादव परिवारले जानकारी दिएको छ । भरोसीको दुईभाई छोरा र एक वहिनी छोरी छ । हराइरहेको रमन कान्छो छोरो रहेको बताइएको छ ।
प्रहरीले जानकारी पाएदेखिनै खोज तलास जारी राखेको बताएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरिक्षक गजुसिद्ध बज्राचार्यले हामीले रातीपनि खोजतलास गर्यौं अहिले पनि एउटा टोलि त्यसैमा खटिएको जानकारी दिएको छ ।
घरकाले अहिलेसम्म आफ्नो छोरो नभेटिएको बताएको छ । कसैले पनि कतैबाट कुनै प्रकारले आफूहरुलाई खवर नगरेको पनि रामनका ठूलोवुबा खेमराजले जानकारी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »