सामुदायिक विद्यालयले अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालय सञ्चालक तनावमा

प्रकाशित समय 5:31:00 PM

शम्भु यादव
लहान,१२ बैशाख । अंग्रेजी मोहका कार
ण अभिभावकहरु निजी विद्यालय तिर आकर्षित हुँदै गएपछि सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यममा पढाउन शुरु गरेका छन् ।
सामुदायिक विद्यालयको स्तर सुधार र अभिभावकहरुको आकर्षण बढाउनका लागि भन्दै सप्तरीको कुशहा स्रोत केन्द्रका सामुदायिक विद्यालयहरुले अंगे्रजीमा माध्यममै पठनपाठन शुरु गरेका छन् । विद्यालयले यसैवर्ष देखि अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेपछि कतिपय अभिभावकले निजी विद्यालयमा भर्ना गरेका बालबालिकालाई समेत सामुदायिकमै ल्याउन थालेका छन् । निजी विद्यालय छाडेर विद्यार्थीहरु सामुदायिकमा जान थालेपछि निजी विद्यालयका सञ्चालकहरु भने तनावमा देखिएका छन् ।
निजी विद्यालयका सञ्चालकहरुले जिल्ला शिक्षा कार्यालयमा पुगी सामुदायिक विद्यालयमा किन अंग्रेजी माध्ययम लागुगर्न दिएको भनेर आगो हुन थालेको जिशिका स्रोतले जनाएको छ । उक्त स्रोत केन्द्रका २९ विद्यालयहरुले ३÷४ महिनाको अभ्यास पछि अंग्रेजी माध्यमले पढाउन शुरुगरेकास्रोत व्यक्ति भोगेन्द्र यादवले जानकारी दिनुभयो ।
विद्यालयहरुमा गएर अभिभावकहरुसँग बुझ्दा निजी विद्यालयमा छोराछोरी पठाउनुकोकारण अंग्रेजी माध्यमभएको थाहा पाएँ । यादवले भन्नुभयो, ‘पछि प्रधानाध्यापकको भेलामा यसबारेमा छलफल गरी अंग्रेजी माध्यममा पठनपाठन गर्न शुरु गर्ने निर्णय गरियो ।’ शुरुमा कक्षा १ बाट अंग्रेजी माध्यम शुरु गरिएको र त्यो बढाउँदै लगिने उहाँले जानकारी दिनुभयो ।
नयाँ भर्ना हुने विद्यार्थीहरुलाई ‘अन्डर एज’ र ‘ओभर एज’ दुई समुहमा बाडेर ‘अन्डर एज’काहरुलाई ‘प्ले ग्रुप’ र नर्सरी साथै, ‘ओभर एज’काहरुलाई ‘एलकेजी’ र ‘युकेजी’ भर्ना गरिएको समेत उहाँले जानकारी दिनुभयो । शुरुमा ४६ जना बाल शिक्षकहरुलाई अंग्रेजी शिक्षण तालिम दिइसकिएको छ भने कक्षा १ मा पढाउने शिक्षकहरुलाई बैशाख २० गते देखि तालिम संचालन हुने छ । स्थानीय संस्था सवल नेपालले ‘सेभ द चिल्ड्रेन’को सहयोगमा उनीहरुलाई तालिम दिएको हो ।
अंग्रेजी माध्यममा पढ्नका लागि अभिभावकलाई पाठ्य पुस्तक पनि किन्न परेको छैन् । सबै विद्यालयले नै व्यवस्था गरेका छन् । विद्यालयमा आउने अवैतनिक रकम(नन सेलरी) र पाठ्यपुस्तकको रकम एक ठाउँमा जम्मा गरेर अंग्रेजी माध्यमको किताब किनेका छन् । यसले अभिभावकलाई खर्चको भार पनि परेका छैनन्, यादवले भन्नुभयो । राष्ट्रिय आधारभुत विद्यालय लक्ष्मीपुरमा ३३ जना बालबालिका निजी विद्यालयबाट सामुदायिकमा भर्ना भएको स्रोत व्यक्ति यादवले जानकारी दिनुभयो । हामीले अंग्रेजी माध्यममा पढाउने पाठ्यपुस्तक लिएर अभिभावक समक्ष जान्छौँ । छलफल गर्छौ । निजी विद्यालयमा पढाउन कति खर्च लाग्छ ? त्यही पढाई सामुदायिकमा सुरु भयो यहाँ किन नपढाउने भनेर प्रश्न ग¥यौं । यादवले भन्नुभयो, त्यसपछि अभिभावकहरु राजी हुनुभयो । ‘भर्ना अभियान खुतुर्के कार्यक्रम’ समेत सञ्चालन गरेको बताउँदै यादवले अहिले त निजी विद्यालयका प्रिन्सिपलहरुले दैनिक रुपमा फोन गरेर हैरान पार्ने गरेको सुनाउनुहुन्छ । गरेको उनले सुनाए । स्रोत व्यक्ति यादवले भने, ‘उनीहरुले भन्छ किन यस्तो पढाई सुरु गर्नुभो ।’ सामुदायिक अंग्रेजी माध्यममा पढाई सुरु भएपछि निजी स्कुलहरु हतोसाहित भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »