सिरहामा पोखरीमा नुहाउदा निःसन्तान दम्पतीलाई सन्तान

प्रकाशित समय 7:17:00 PM
सन्तोष कुमार साह
सिरहा, २ बैशाख  । सुन्दा त अच्चम लाग्ने हो तर सत्य हो पोखरीमा नुहाउदा निःसन्तान दम्पतीलाई सन्तान  हुने जन विशवास रहेका छन् ।
तर सन्तान प्राप्तिको चाहना राख्ने दम्पती सन्तान पाउन धार्मिक पूजापाठमा समेत अगाध आस्था राख्छन भन्ने उदाहरण हो, सिरहा जिल्लाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेला हो । पूर्व–पश्चिम सडकअन्तर्गत सिरहाको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर पतारी गाउँपालिकामा रहेको पतारी पोखरीमा सन्तान पाउने आकांक्षासहित आउने निःसन्तान दम्पतीको भव्य मेला लाग्ने गर्दछ ।
पतारी पोखरीमा आउने निःसन्तान दम्पतीको बिहानैदेखि ठूलो भीड लागेको छ । हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा नेपालका विशेषगरी तराई र तराईले छोएका विभिन्न जिल्ला र भारत विहारका पटना, मधुवनी, दरभङ्गा, जयनगर लगायतका ठाउँका निःसन्तान दम्पती मेलामा जान्छन । विवाह भएको ११ वर्षभन्दा लामो समय बितिसक्दा पनि सन्तान नभएपछि पूजा गर्न आएको सुनसरी जिल्ला कोहिला महतले बताए ।
करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको गहवरको पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घन्टासम्म निराहार बसेर भोलिपल्ट वैशाख २ गते मध्याह्न गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर)बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फाल्नुपर्ने मान्यता रहेको छ । त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ ।
पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने पतिसहित आफन्तले गाउँको सीमा पार गरेपछि कपडा फेरिदिने गर्दछन । कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीमा माला बनाएर लगाए सन्तान प्राप्त हुने जनविश्वास रहेको छ ।
कसलहेश गाथामा उल्लेख गरिएअनुसार पतारी पकडियागढका राजा कुल्हेशरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको मानिन्छ । यो पोखरी राजा सलहेशकै बेला विसं १३२५ तिरदेखि अस्तित्वमा रहेको सलहेश गाथामा उल्लेख छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »