पानीसँगैको हुरीले काँचो इँटा गल्दा करोडौको क्षति

प्रकाशित समय 7:19:00 PM

गोलबजार, २ बैशाख । शनिवार विहान परेको पानीले तयारी अवस्थामा राखिएको कँचो इँटा गल्दा करोडौको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका ६५ वटा भन्दा बढी इँटा भट्टामा पकाउन तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा दुई करोड ५० लाख भन्दा बढीको इँटा गलेको व्यवसायीहरुले बताउनु भएको छ ।
नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा श्रीसागर इँटा उद्योग गोलबजारका संचालक बिक्रम साहले आफ्नो इँटा उद्योगमा मात्र दुईलाख भन्दा बढी मूल्यको काचो इँटा गलेको जानकारी दिनुभयो ।
सिरहा जिल्ला इँटा भट्टा व्यवसायी संघका कोषध्यक्ष तथा गणपति र न्यू गणपति इँटा उद्योगका संचालक कृष्णा सिंहको दुई उद्योगमा दश लाख मूल्य बराबरको इँटा गलेको जानकारी दिनुभयो ।  उहाँका अनुसार अहिले पिक (मुख्य) सिजन भएकोले धेरै इँटा बनिरहेको थियो, अहिले पानी पर्दा ठूलो नोक्सानी भएको छ ।
त्यसैगरी,  गोलबजारकै सगुन इँटा उद्योगमा पानीसँगै चलेको बतासका कारण सात लाख भन्दा बढी मूल्यको इँटा गलेको उद्योगका संचालक रामसगुन यादवले जानकारी दिनुभयो । पानी परेर गलिरहेको अवस्थामा बतासको सानो धक्काले पनि चाङ्ग लगाएर राखेको इँटाहरु ढलेर गल्ने गरेको यादवले बताउनु भयो । यो वर्ष इटा बनाउने मुख्य समयमै पटक पटक पानी परेको हुँदा इँटा व्यवसायीहरु ठूलो मारमा परेको यादवले दुखेसो गर्नुभयो ।
पानीले भिजेर नमस्ते इँटा उद्योग लक्ष्मीपुर पतारीमा एकलाखभन्दा बढी मूल्यको इटा गलेको बताइँएको छ । मौसम फेरवदल भईरहेकाले इँजा पहिला नै संरक्षित गरि राखेकोले धेरै क्षति हुन नभएको बताइएको छ ।
शनिवारको पानी जिल्लाभरी नै एकनासले परेकोहुँदा जिल्ला भरीकै इटाँ उद्योगहरुमा उत्तिकै क्षति पुगेको केन्द्रिय सदस्य विक्रम साहले जानकारी दिनुभयो ।
एउटा काचो इँटा तयार पार्दासम्म दुई रुपैयाँ खर्च हुने गरेको साहले जानकारी दिनुभयो । साहले भन्नुभयो, ‘माटो, पानी, लेवर समेत गर्दा एउटा काचो इँटा तयार पार्न दुई रुपैयाँ खर्च हुने गरेको छ, अहिले पानीले भिजाएर कामै नलाग्ने बनेपछि आफूहरु ठूलो मर्कामा परेका छौं ।’
उहँले राज्यले व्यवसायीसँग करमात्र लिने गरेको गुनासो गर्दै हाम्रो उत्पादनको पनि संरक्षण गर्नुपर्ने माग गर्नुभयो । उहाले हामीले लगानी गरेको यतिको रकम खेर गईरहेको छ, यसले कतिपय व्यवसायीहरुको व्यवसायनै चौपट हुने अवस्थामा पुगेको भन्दै इँटा व्यवसयीको पनि राज्यले सुरक्षा गर्नु पर्ने माग गर्नुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »