महिलालाई बन्धक बनाएर यातना

प्रकाशित समय 7:12:00 AM

गाउँलेले थाहापाएर बेहोस अवस्थामा अस्पताल पु¥याए

कमलेश कुमार यादब
गोलबजार, १४ बैशाख । सिरहाको गोल
बजार नगरपालिका ६ की एक महिलालाई आफ्नै घरमा बन्धक बनाएर पतिसहित सासु ससुराले निर्घात कुटपिट र यातना दिएपछि सख्त घाइते भएपछि स्थानीयले उपचारका लागि अस्पताल भर्ना गराएको छन् ।
सिरहाको गोलबजार नगरपालिका ६ डोहोटियाकी २२ वर्षीया प्रियङ्का यादवको पति, सासु र ससुरा मिलेर तीन दिनसम्म घरभित्रै बन्धक बनाएर निर्घात कुटपिटसँगै यातना दिएको थाहा पाएका छिमेकीहरुले उनलाई तत्काल उद्धार गरी  मंगलबार अस्पताल भर्ना गराएको हो ।
गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएकी उनको अझै राम्ररी होस खुलेको छैन । कुटपिट र यातनाले उनको अनुहार, छाती सुन्निएको छ भने बिजुलीको तारले कुटेको निलडाम शरीरभरी जताततै छ ।
भूमिजा अस्पतालका चिकित्सक हरि ठाकुरका अनुसार प्रियङ्काको टाउको, दायाँ कुम्भ, पिठ्यु र तल्लो पेटक गम्भिर  चोट लागेको छ । तल्लो पेटमा चोट लागेको कारण अझैपनि उनको यौनाङ्गबाट रगत बगिरहेको जनाएको छ ।
प्रियङ्का पति ओमप्रकाश भनिने दुर्गाप्रसाद यादव, ससुरा हरिनारायण यादव र सासु अमृती यादवले तीन दिनसम्म घरभित्रै थुनी मुखमा कपडा कोचेर कुटपिट र यातना दिएको छिमेकीहरु बताउँछन् ।
सालमा सामाजिक परम्परा अनुसार ४ वर्ष अधि विवाह गरिएकी उनलाई पटक–पटक दहेज भनेअनुसार नल्याएको भन्दै पति, सासु, ससुराले कुटपिट गरिरहेको छिमेकीहरुले बताए । विवाहको दुईवर्ष पछि अष्ट्रेलिया पढ्न जान तीन लाख मागेपछि ससुराल पक्षले दिन अस्वीकार गरेपछि नै उनीहरुविच विवाद बढेको प्रियङ्का माइतिपक्षको कथन रहेको कथन छ ।
प्रियङ्का बुबा भारत विहार इनरुवा खजौलीका रामजुलुम यादवले विवाहमा चारलाख नगद, आठ तोला सुन र एउटा मोटरसाइकल दिएर विवाह गराएँको बताए । उनले भने, ‘कान्छि छोरी भएकालेले उनलाई मैले सकेको राम्रै गरेको थिएँ । विवाह पछिपनि रकम माग्ने र छोरीलाई दुःख दिनेगरेको थियो तरपनि पछिल्लो पटक पढ्न वाहिर जान्छु भन्दै छोरीमार्फत् फेरि तीन लाख रुपैयाँ माग्न थाले ।’ ‘त्यत्रो रकम दिन नसकेपनि ‘ज्वाइँ नै हुन्’ भनेर फेरि ४० हजार रुपैयाँ लिएका ज्वाइँ त कमाउन दुवई उडेछन्’ उनले भने ‘त्यसपछि छोरीलाई खान समेत नदिएर लगातार कुटपिट गर्न थालेपछि आफैंसँग लिएर गएँ ।’
ज्वाँइ विदेश रहेको वेलामा पनि सासु ससुराले छोरीलाई दुःख र यातना दिनथालेपछि आफूले घरै लगेर राखेको यादवले बताए । पाँच महिना अघि तीन चार जना गाउँलेलाई सम्धीले छोरी लिन पठाएपछि मैले चोरी पठाई दिएको उनको कथन थियो । छोरी आएर राम्रै होला भन्ने लागेको थियो, गएको बैशाख २ गते ज्वाँई दुवइबाट घर आएपछि उनलाई फेरी दिनरात यातना दिनथालेको उनले बताए । यादवले भने हामीत भारतमै थियौं यहाँ छोरीलाई कुटेर मरणसन्न पारेको छ, अस्पताल भर्ना गरेको छ भने पछि आफूहरु भर्खर यहाँ आएको रामजुलुम यादवले बताए ।
इलाका प्रहरी कायाय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायका अनुसारका अनुसार प्रहरीले पीडितहरुको खोजी गरिहेको बताए । प्रियङ्काले पतिको नाममा मात्र उजुरी दिएकोले उनको खोजी भईरहेको छ, प्रहरीले भने, ‘बुवालाई ल्याएर छोरा छिटो ल्याउनु भनेर पठाएको छ, हाम्रो तर्फबाट पनि उनको खोजी गरिरहेको छु ।’
महिलाको घाउ जाँचका लािग मंगलबार नै पत्र दिएको भएपनि त्यसदिन स्वास्थ्य चौकी बन्द रहेको र बुधबार उनको अत्यधिक रक्तश्रावका कारण हिड्नै नसक्ने भएकाले आजमात्रै उनको जाँच भएको बताएको छ ।
विवाह अघि नै काठमाडौंबाट गोलबजारमा एसएलसीको परीक्षा दिन आएकी किशोरीसँग नजिकिएका दुर्गाले दहेजको लोभमा प्रियङ्कासँग विवाह गरेको स्थानीयको भनाई छ । विवाह पछिपनि उनी काम छ भन्दै काठमाडौं जाने र उती दुई तिन महिना हराउने गरेको पनि प्रियङ्काका माइतिपक्षको भनाई छ । तर पनि हामीले सुध्रियला भनेर पटक पटक कोसिस गरेयौं, तर उसले हम्रो छोरीलाई कहिल्यै सुख दिएन बाबु रामजुलुमले दुखेसो गरे ।
महिलाका आफन्तले घरेलु हिंसा न्यूनीकरणका लागि जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाहरुलाई गुहारेपनि आफूहरुलाई कसैले सहयोग नगरेको महिलाका माइति पक्षले जनाएको छ ।  घरेलु हिंसा (कसूर र सजाय) ऐन– २०६६ अनुसार घरेलु हिंसामा परेका महिलाहरुले न्यायका लागि कानुनी प्रकृयामा अगाडि बढ्न खोजेपनि प्रायः स्थानीयस्तरमै मिलापत्र गरिने भएकाले महिलामाथिको उत्पीडन बढ्ने गरेको महिला अधिकारकर्मीहरु बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »