प्रकाशित समय 6:45:00 PM

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै सप्तरीका पत्रकार धर्नामा उत्रिए

काठमाडौँ, ३० चैत्र । पत्रकार महासंघले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै सप्तरीका पत्रकारहरु महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा धर्नामा बसेका छन् । ‘सप्तरी पत्रकार महासंघमा अवैधानिक हस्तक्षेप बन्द गर, विधान सम्मत जिल्ला अधिवेशन सम्पन्न गर’ भन्ने नाराका साथ उनीहरु धर्नामा बसेका हुन् । महासंघ शाखा सप्तरीमा झण्डै दुई वर्षदेखिको विवाद केन्द्रीय पदाधिकारीहरुको उदासिनता र गैरजिम्मेवारीपनाले गर्दा समाधान हुन नसकेपछि चैत ३० गतेदेखि महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेको उनीहरुको भनाई छ ।
माग सम्बोधन गर्न उनीहरुले चैत २७ गते तीन दिने अल्टिमेटमसहितको जानकारी पत्र बुझाएका थिए । तर, उक्त समयसीमा भित्र माग सम्बोधन नभएपछि पूर्व्निर्धा्रित कार्यक्रमअनुरुप तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा उनीहरु बसेका हुन् ।
यस्ता छन् माग - १ विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने । २ प्रक्रिया पूरा गरेका सबै सदस्यहरुको नवीकरण गरिनुपर्ने । ३ विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गराउनुपर्ने । ४ निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाका बैंक खाताहरु फुकुवा गर्नुपर्ने ।
धर्नामा बस्नेहरु श्रवणकुमार देव, काबा अध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी ,सुधा देव, सहसचिव, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, मनोज माझी, कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, भुषण सिंह, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, चन्दन यादव, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, बृजमान तामाङ, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, राजकुमार पासवान, कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, जितेन्द्र खड्गा, सल्लाहकार, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, अवधेशकुमार झा, केन्द्रीय सदस्य, नेपाल प्रेस यूनियन, देवराम यादव, केन्द्रीय उपाध्यक्ष, प्रेस सेन्टर नेपाल, रामनारायण विश्वास, काबा अध्यक्ष, नेपाल प्रेस यूनियन, सप्तरी, गोपाल गुप्ता, अध्यक्ष, प्रेस सेन्टर नेपाल, सप्तरी, जितेन्द्रकुमार झा, सचिव, संघीय प्रेस फोरम, सप्तरी, धर्मपाल राउत, कोषाध्यक्ष, संघीय प्रेस फोरम, सप्तरी, बैधनाथ यादव, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, माला कर्ण, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी, कृष्णकुमार मण्डल, साधारण सदस्य, नेपाल पत्रकार महासंघ शाखा सप्तरी रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »