सकेट बम निष्क्रिय

प्रकाशित समय 6:17:00 PM
सप्तरी, ४ वैशाख । सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले सोमबार निष्क्रिय गरेको छ ।
दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निष्क्रिय गरेको सेनाले प्रहरीले जनाएको छ ।
ओम श्री रोशन इम्पोरियममा फेला परेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ ।
आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »