शान्ति युवा क्लवको शुभकामना आदान प्रदान कार्यक्रम

प्रकाशित समय 6:14:00 PM
मिर्चैया, ४ बैशाख ।  शान्ति युवा क्लव शान्ति चौक मिर्चैयाले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता कल्वका वर्तमान अध्यक्ष जयप्रकाश साहले गर्नु भएको थियो भने उदघोषणको कार्य कल्वका सदस्य रामनारायण साह (सुनिल) ले गर्नु भएको थियो । उक्त कार्यक्रममा कल्वका नयाँ पुराना पुश्ताका सदस्य तथा नागरिक समाज वुद्धिजीव, व्यापारी लगायत कलवका खेलाडी मित्रहरुको पनि उपश्थितीरहेको थियो । विगत २२ वर्षको लामो इतिहासवोकेको यस शान्ति युवा कल्वले गरेको कार्यहरुको वारेमा कल्वका भुतपुर्व अध्यक्ष अजय यादव (सानु) प्रष्ट पारेर कार्यक्रमलाई शुभकामना सम्वोधन गर्नुभएको थियो भने प्रभात सिंह (पिन्टु वावा) ले कल्वलाई समाजमा सराहनीय कार्य गर्नुपर्ने र युवाहरुलाई कुलतवाट जोगाउन खेलकुदको कार्यक्रमहरु अगाडी ल्याउनु पर्नेमा जोड दिनु भएको थियो । साथै उक्त कार्यक्रमले कल्वको नयाँ कार्य नितिको वारेमा समेत चर्चा गर्ने विषय रहेको जानकारी कल्वका सचिव अभरेन्द्र यादवले जानकारी गराउनु भएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »