आगलागीबाट डेढ लाखको क्षति

प्रकाशित समय 6:15:00 PM
गोलबजार, ४ वैशाख । ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय सहदेव साहको भान्साकोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »