युवा लक्षित कार्यक्रम सार्वजनिक

प्रकाशित समय 6:05:00 PM
कमलेश कुमार यादब
सिरहा, ३ बैशाख । जिल्ला युवा समितिको कार्यालय सिरहाले झण्डै पैतीस लाख बरावरको युवा लक्षित विभिन्न कार्यक्रम संचालन गर्ने सार्वजनिक गरेको छ । कार्यालय कक्षमा गरिएको पत्रकार सम्मेलनमा जिल्लाको छ वटै निर्वाचन क्षेत्रमा पर्ने गरी उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।
बजेट र कार्यनीति अनुरुप जिल्लाको सबै क्षेत्रलाई समेट्ने गरी कार्यक्रम संचालन गर्दै आएको समितिका अध्यक्ष बैधनाथ साहले बताए । चालु आर्थिक वर्षमा कार्यक्रम अन्तर्गत जिल्लामा युवा लक्षित नमूना कामहरु गरिने उनले दाबी गरे । परिश्रमी युवाहरु यो कार्यक्रमबाट लाभ उठाउने सक्ने उनले थपे ।
ग्रामिण युवा उद्यम कार्यक्रम ३० लाख, समाजका लागि युवा एक दिन २५ हजार, युवा प्रतिभा पहिचान २० हजार, व्यावसायिक सीप विकास तालिम २ लाख १० हजार गरी अन्य विभिन्न कार्यक्रमको लागि झण्डै ३५ लाख रकम बिनियोजित भएको समितिका प्रमुख डिल्लीराम अधिकारीले बताए ।
छ वटै निर्वाचन क्षेत्रमा लक्षित गरिए अनुसार निर्वाचन क्षेत्र नं.१ को लहान नगरपालिका १३, २ को सखुवान्नकारकट्टी ६ इटहर्वा, ३ को सिरहा नगरपालिका ७ र ८, ५ को मिर्चैया नगरपालिका ७ फुलवरिया, ६ को कल्याणपुर नगरपालिका ११ मा युवा लक्षित कार्यक्रम संचालन हुने प्रमुख अधिकारीले भने,‘निर्वाचन क्षेत्र नं.४ बाट माग आएको छैन् ।’
प्रत्येक निर्वाचन क्षेत्रमा १० जना युवाको एक समूहलाई बिना धितो ५ लाख रुपैयाँ व्यावसाय गर्नको लागि दिइने उनले बताए । कामको प्रगतिको आधारमा किस्तामा प्रदान गरिने उक्त रकम किस्तामै असुली पनि गरिने उनले प्रष्ट पारे । उनका अनुसार कुन व्यावसाय गर्ने भनी मागकर्ता युवाले नै छनौट गरेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »