आफ्नै घरबाट बालक वेपत्ता भएको बालक हत्या गरि गाडिएको अवस्थामा फेला गर्याे

प्रकाशित समय 6:57:00 PM
कमलेश कुमार यादब
गोलबजार, १५ बैशाख । सिरहाको नरहा ३ खोरियाबाट बुधबार बेलुका बेपत्ता बालक भएका बालक शुक्रवार बेलुका हत्या गरि वारिमै माटो खनी पुरिएको अवस्थमा फेला परेको छ । आफ्नै घर नजिकैको भाण्टामारीमा घाटीरेटी हत्या गरेर खाल्डोमा गाडीएको अवस्थामा स्थानीय भरोसी यादवको दुई वर्षिय छोरा रमन फेला परेको हो ।
प्रहरी र घर परिवारले सम्वावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । शुक्रबार वेलुका कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि बच्चा भेटिएको गाउँलेले बताएको छ । प्रहरी घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटी हत्या गरेको देखिएको जनाएको छ । वच्चाको शव पोर्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको जनाएको छ । बुधबार बेलुका ७ः३० बजेसम्म बुवा भारोसी यादवले आफै बसेर छोरा छोरीहरुलाई सँगैराखेर पढाई रहेको अवस्थामा छोडेर गाउँर गएको ५÷७ मिनटकै फरकमा छोरा हराएको जनाएको छ । फर्केर आउँदा कान्छोछोरा नभेटिएको यादवका दाई खेमराज यादवले बताए । अपहरण हराएकै दिन हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
राती धेरै वेर गाउँघरमा खोजखवर गर्दापनि छोरा नभेटिएपछि प्रहरीलाई खवर गरेको यादव परिवारले जानकारी गराएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरिक्षक गजुसिद्ध बज्राचार्यले हामीले सम्भावित विभिन्न कोणबाट हामीले अनुसन्धान गरिहेका थियौं, दुर्भाग्य बच्चाको हत्या भईसकेको रहेछ । प्रहरीले घटनामा संलग्नको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धनमा असर पर्ने भन्दै नियन्त्रणमा लिएकाहरुको नाम खुलाउन प्रहरीले चाहेनन् ।
बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिले वेहोस अवस्थामा रहेको जनाएको छ । बाबु हराएकै वेलादेखि छट्टाउने बहुलाही जस्तो गरिहेको परिवारजनले बताएको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमा डुवेको छ । भरोसीका दुई छोरा र एक छोरी छन् । हत्या भएका छोरा सवैभन्दा कान्छो थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »