नगरिक–प्रहरी संवादले अनुगमनको काम भयो : प्रहरी निरिक्षक उपाध्याय

प्रकाशित समय 7:10:00 AM
शम्भु यादव
लहान । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद उपाध्यायले गोलबजार नगरपालिका १३ दुर्गापुरमा भएको नागरिक प्रहरीबीच कार्यक्रमले अनुगमनको कार्य गरेको बताएका छन् । उनले उक्त कार्यक्रमा, ‘आफु मातहतका प्रहरीले गर्दै आईरहेको कामलाई प्रभावकारी बनाउन पृष्ठपोषण पाउने अवसर पाएको सुनाए ।’ भने अर्कोतिर प्रहरीको कामको अनुगमन समेत यो संवादले गरेको उनले भने ।
आफुलाई यहाँ वर्ष दिन भन्दा हुन लाग्यो उनले जोडदै भने, ‘म कार्यालय समयभरि कार्यालयमा नै उपस्थिती रहेकोले सुचना पाउने वितिकै भ्याए सम्म छिटो भन्दा छिटो घटना स्थलमा प्रहरी पठाउने गर्छु । यसरी घटनाको यथार्थ सुचना पाउने गरेका छौ जसले गर्दा घटनाको अनुसंधान गर्न सहज हुन्छ र समयमा पिडितले न्याय पाईरहेको अवस्था छ ।’ दलित जनकल्याण युवा क्लब फिल्ड कार्यालय सिरहाले गाविस दुर्गापुर (हाल गोलबजार न.पा. १३) मा आयोजना गरेको गाविस स्तरिय नागरिक प्रहरी संवादमा छलफल भएपछि उक्त कुरा बताएका छन् ।
सर्चफर कम्मन ग्राउण्डको साझेदारीमा विपन्न र सिमान्तकृत समुदायको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित पहुँच परियोजना अन्तर्गत आयोजना गरिएको थियो । कार्यक्रम गाविस सचिवको रोहबरमा ईलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी निरक्षक सहित ४ प्रहरी, स्थानिय विपन्न वर्गका १४ महिला र ५ पुरुष सहित २४ जनाको उपस्थितिमा स्थानिय अवासिय विद्यालयको प्रांगनमा कार्यक्रम भएका थिए ।
कार्यक्रममा उपस्थित सहभागी सहिदा खातुनले, ‘पहिला प्रहरी हेर्ने वितिकै डर लाग्दथ्यो तर आज ईन्सपेक्टर साहेब सहितको उपस्थिीमा आफुले सुरक्षा र अपराध नियन्त्रणको सवालमा छलफल गर्दा डर हटेको सुनाइन् । साथै जुनसुकै घटना भएपनि प्रहरीलाई जानकारी गराउनु पर्दाे रहेछ जसले गर्दा सुरक्षा निकाय सजग हुन्छ र नागरिकले सुचना गर्ने वितिकै प्रहरीको उपस्थिती देखिन्छ अर्को तिर आजको संवादले महिलाले  सिधै प्रहरी समक्ष आप्mनो कुरा राख्न सक्ने भएका छौं । यसले गर्दा बिचौलियाको भूमिका गौन हुन्छ र पिडितले छिटो भन्दा छिटो न्याय पाउने अवस्थाको सृजना भएको उनले थपिन् ।
कार्यक्रममा बोल्दै वडा सचिव राज प्रसाद लामाले, ‘न्यायको लागि सक्दो बढि भन्दा बढि प्रमाण संकलन गरि कुनै पनि किसिमको प्रमाणहरुलाई ओझेलमा नपारी प्रहरी समक्ष न्यायको लागि जान उपस्थित सहभागिलाई सुझाव दिएका थिए ।’ साथै उनले सामाजिक अपराधको क्रियाकलापहरुलाई निरुत्साहित गर्न स्थानिय र प्रहरीको संयुक्त कार्यदल को खाका सारहनिय रहेको बताएका थिए ।
कार्यक्रममा सामाजिक सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरी एवम् समुदायको भूमिका एवम् एक अर्काको अपेक्षाबारे केन्द्रित गरिएको थियो । साथै उक्त प्रकृतिको सवालहरु समाधानका लागि हाल सम्म भईरहेको सहकार्य र गर्नुपर्ने सहकार्यबारे छलफल गरि देवयानी प्रकृतिको मुद्दा मेलमिलाप समितिमा र फौजदारी तथा सरकारबादि मुद्दा प्रहरीमा पठाउने पर्ने कुरा निष्कर्ष संवादले निकालेका थिए । कार्यक्रममा सर्चफर कम्मन ग्र्राउण्ड एवम् पहुँच परियोजनाबारे सर्च फर कम्मन ग्राउण्डका फिल्ड संयोजक राजेश लोहनीले सहभागिलाई जानकारी गराएका थिए ।
स्थानीय मेलमिलाप समितिको अध्यक्ष अषेश रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला संयोजक अशोक कुमार कामतीले गरेको  थियो । व्यवस्थापनमा स्थानिय सामाजिक परिचालक कमल सिंह र प्राविधिक सहायक अर्जिलाल महतोले सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »