सिरहा प्रहरीले डा. राउतमाथि राज्य विरुद्धको संगठित अपराध मुद्दामा माघ २० गते जनकपुरधामबाट पक्राउ गरेको थियो । डा. राउतको मुद्दामा दुई दिनसम्म बहस चलेको थियो । वकिलहरुको बहसपछि राउतको विरुद्ध कुनै प्रमाण फेला नगरेपछि उनलाई रिहा गर्ने आदेश दिएको थियो ।
सिरहा जिल्ला अदालतले डा. राउतलाई रिहा गर्ने आदेश दिने बित्तिकै रुपन्देही प्रहरीले उनलाई पक्राउ गरी लगेको गठबन्धनका सहसंयोजक कैलाश महतोले मधेशवाणीलाई जानकारी दिएका छन् ।
उनले डा. राउतलाई पक्राउ गर्नुको कुनै कारण अहिलेसम्म प्रहरीले नप्रष्ट्याएको बताए ।
