
गोलबजार, ३ बैशाख । संयुक्त मधेसी मोर्चा तथा संघिय गठवन्धनले आइतबार जिल्ला निर्वाचन कार्यालय सिरहामा प्रदर्शजन गरेको छ । आइतबार कार्यालय खुल्नु अगावै पुगेका मोर्चाका कार्यकर्ताले कार्यालयको मूख्य गेटमै ताला लागाई जुलुस प्रदर्शन गरी धर्ना दिएका थिए ।
मधेसी गठनन्धको माग पुरा नभएसम्म कुनै पनि प्रकारको निर्वाचन हुन नदिने भन्दै उनीहरुले धर्ना र प्रदर्शन गरेका हुन् । सयौंको संख्यामा आएका प्रदर्शन कारीहरुले निर्वाचन कार्यालयका कर्मचारीलाई कार्यालय पस्न समेत दिएनन् ।
निर्वाचन कार्यलयका कर्मचारीलाई प्रवेश गर्न नदिएपछि त्यहाँका कामकाज प्रभावित वनेको जनाएको छ । चुनावको नोमिनेशनको समय नजिकीदै गर्दा कार्यालयमा अवरोध पुग्दा निर्वाचन प्रभावित हुने कर्मचारीहरुले बताए । मधेसी मोर्चाले आइतबारैबाट आन्दोलनको कार्यक्रम घोषणा सँग जिल्ला निर्वाचन कार्यालयहरुमा धर्ना दिन थालेपछि मधेसमा चुनाव झन अन्यौलमा पर्ने स्थानीय बुद्धिजिवीहरुले बताउन थालेका छन् ।